जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • बैंकर्स संघको कार्यसमितिमा ४ जना सदस्य चयन

बैंकर्स संघको कार्यसमितिमा ४ जना सदस्य चयन

नेपाल बैंकर्स संघको कार्यसमितिको रिक्त्त पदमा चार नयाँ सदस्य चयन भएका छन्। बुधबार बसेको संघको साधारणसभाबाट रिक्त्त पदमा एक जनाको कार्याकाल दोहोरिएको छ भने तीन जना नयाँ सदस्य चयन गरिएको हो।

संघको सदस्यमा प्राइम बैंकका सिइओ संजीव मानन्धर दोस्रो कार्यकालको लागि दोहोरिएका छन्। त्यस्तै, नबिल बैंकका सीइओ मनोज ज्ञवाली, नेपाल एसबिआइ बैंकका सीइओ रामकुमार तिवारी र लक्ष्मी सनराइज बैंकका सीइओ अजय विक्रम शाह नयाँ सदस्यमा चयन भएका छन्।

सानिमा बैंकका सीइओ निश्चलराज पाण्ड्ये र सिद्धार्थ बैंकका सीइओ सुन्दर कँडेलको सीइओको कार्यकाल सकिन लागेपछि सदस्य पद खाली भएको थियो। साथै, प्रभु बैंकका सीइओको कार्यकाल सकिन लागेपछि उनको ठाँउमा नयाँ सदस्य चयन भएको हो।

संघले प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष डा. उपेन्द्र महतोलाइ सम्मानित गरेको छ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका