जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • २० वाणिज्य बैंकले गरे लाभंश घोषण नबिल बैंकको सुपर बम्पर बोनस ?

२० वाणिज्य बैंकले गरे लाभंश घोषण नबिल बैंकको सुपर बम्पर बोनस ?

नेपालका २७ वाणिज्यहरुमा २० वटा बैंकहरुले मात्रै यो समाचार तयार पार्दासम्म लाभाशं घोषणा गरेका छन् भन्दा फरक पर्दैन ।
हालसम्म २० वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७÷७८ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । कार्तिक २३ गते बेलुका ६ बजे सम्ममा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २६ मध्ये २० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् ।
यी मध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले गरेको छ भने सबै भन्दा कम प्रस्ताव सनराइज बैंकले गरेको छ । नबिल बैंकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरि कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नबिल बैंकपछि हिमालयन बैंकको लाभांश उच्च छ । हिमालयनले २१.३६ प्रतिशत बोनस र ४.६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत ,र प्राइम बैंकले १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद गरि कुल १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनएमबि बैंकले १२.५ प्रतिशत बोनस र ३.३ प्रतिशत लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रतिशत , बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ प्रतिशत लाभांश, मेगा बैंकले १२.६७ प्रतिशत बोनस शेयर तथा प्रभु बैंकले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरि कुल १२.६३ प्रतिशत लाभांश र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरि ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
हालसम्म घोषणा गरिएका २० बैंकको औसत नगद लाभांश २.३६ प्रतिशत, औसत बोनस शेयर १३.३९ प्रतिशत र कुल औसत लाभांश १५.७५ प्रतिशत रहेको छ ।

अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, र नेपाल एसबिआइ बैंकको लाभांश घोषणा हुन् बाँकी छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेपनि लाभांश घोषणा गरेको छैन ।
बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने व्यवस्था छ । सचेत भया ।

6310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका