जोडिनुहोस
शुक्रबार, मंसिर २७, २०८२
शुक्रबार, मंसिर २७, २०८२
  • होमपेज
  • भिजिट भिसामा प्रकरणमा लेखकले घुस लिएको अख्तियारको आशंका

भिजिट भिसामा प्रकरणमा लेखकले घुस लिएको अख्तियारको आशंका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान भइरहेको बताएको छ।

भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित सात जना र दुई कम्पनीविरुद्ध बिहीबार मुद्दा दायर गरेको अख्तियारले लेखकमाथि अनुसन्धान भइरहेको बताएको हो।

अख्तियारले भट्टराई र लेखकबीच गैरकानुननी रकम लेनदेन भएको हुनसक्ने बताएको छ। भट्टराईबाट प्राप्त भएको डायरी र नेपाल टेलिकमबाट प्राप्त सीडीआर विवरणबाट लेखकका निजी सचिव बद्रीप्रसाद तिवारी र स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुलेको अख्तियारले बताएको छ।

अख्तियारले लेखकका साथै तत्कालीन गृहसचिव गोकर्ण दवाडी, लेखकका निजी सचिव तिवारी र स्वकीय सचिव भट्टमाथि पनि अनुसन्धान भइरहेको बताएको छ।

‘प्रतिवादी तीर्थराज भट्टराईको तत्कालीन गृहमन्त्री, गृह सचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएकोले बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखा प्रमुख, शाखा प्रमुख, निजी सचिव, स्वकीय सचिव, गृह सचिवको सचिवालय र अन्य राष्ट्रसेवकको संलग्नता सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ अख्तियारले प्रेस विज्ञप्तिमा भनेको छ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?