जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सले पायो ‘सेल्स एक्सिलेन्स अवार्ड’

एनएलजी इन्स्योरेन्सले पायो ‘सेल्स एक्सिलेन्स अवार्ड’

एनएलजी इन्स्योरेन्स कम्पनी ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकेडेमीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इन्स्योरेन्सलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

यो अवार्डले ग्राहकहरूलाई सेवा प्रदान गर्ने उत्कृष्टताप्रति कम्पनीको प्रतिवद्धतालाई जोड दिने कम्पनीले बताएको छ । साथै, यस अवार्डले ग्राहकलाई उच्च स्तरको सेवा प्रदान गर्न जारी राख्न उत्प्रेरित गर्ने समेत इन्स्योरेन्सको भनाई छ ।

ग्रोथ सेलर्स प्रा.लि. को भगिनी संस्था ‘ग्रोथ लिडरशीप एकेडेमी’ले सन २०१६ देखि ‘सेल्स समिट’ आयोजना गर्दै आइरहेको छ । उक्त समितिको सातौ संस्करण ‘सेल्स समिट २०२३’ अन्तर्गत शुक्रबार सोल्टी होटलमा एक कार्यक्रम गर्दै ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको हो ।

1155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?