जोडिनुहोस
आइतवार, मंसिर २९, २०८२
आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • नेको इन्स्योरेन्सबाट हाटा गरेर सिईओ अशोक खड्का बेपत्ता

नेको इन्स्योरेन्सबाट हाटा गरेर सिईओ अशोक खड्का बेपत्ता

नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्का कार्यालयको काममा हाटा (हाजिर गरेर टाप) गरेर बेपत्ता भएका छन् । उनी दुई दिनदेखि हाटा गरेर कार्यालयबाट बेपत्ता भएको कम्पनी स्रोतले जनाएको छ ।

कार्यालयको काम छोडेर हाटा गरेका सिईओ खड्का नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशनमा सक्रिय रुपमा सहभागी भइरहेको पाइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औं महाधिवेशन सफल पार्न सक्रिय पार्न नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्का सक्रिय सहभागी भइरहेका छन् । भृकुटीमण्डपस्थित एमालेको बन्दसत्रमा सहभागी एक नेताले दिएको जानकारी अनुसार खड्का हिजोदेखि नै सक्रियतापूर्वक सहभागी भइरहेका छन् र आज पनि सहभागी छन् । नेको इन्स्योरेन्स स्रोतका अनुसार सिईओ खड्का हिजो विहान ९ बजे हाजिर गरेर टाप (हाटा) गरेका थिए । उनले आज पनि विहानै ९ बजे नै हाटा गरेर कार्यालयबाट फरार भएको कम्पनी कर्मचारीहरुले जनाएका छन् ।

ज्ञानेश्वरस्थित नेको इन्स्योरेन्स कम्पनीबाट हाटा गरेका खड्का भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा बसेर सहभागी भइरहेका छन् । सार्वजनिक कम्पनीको सिईओको जिम्मेवार लिएका खड्का नैतिकता र इमान्दारितालाई तिलाञ्जली दिँदै सिईओ पदबाट राजिनामा नगरी एमालेको ११ औं महाधिवेशनमा भाग लिइरहेका छन् ।

उता, नियामक निकाय नेपाल बीमा प्राधिकरण भने चाल नपाए झै गरी कानमा तेल हालेर बसिरहेको छ । यसअघि बीमापोष्टमा समाचार प्रकाशित भएपछि राजिनामा दिइसकेको भन्दै पन्छिदै एमालेको आधिकारिक वेभसाईटबाट फोटो समेत हटाउन लगाएर जोगिने कोसिस गरेका थिए । तर, अहिले एमालेको महाधिवेशन प्रतिनिधिमा नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्काको नाम महाधिवेशन प्रतिनिधि, केन्द्रीय लेखा आयोग सदस्यको रुपमा राखिएको छ । (हेर्नुस स्क्रीनसट)

नियामक बीमा प्राधिकरणले कानुनको अभावमा कारवाही गर्न नसकिएको जनाउँदै आएको छ । पुरानो बीमा ऐन हुँदा राजनीतिक पार्टीका केन्द्रीय सदस्यहरुलाई सिईओ तथा अध्यक्ष बन्न प्रतिबन्ध थियो । नयाँ बीमा ऐन आएपछि संस्थागत सुशासन सम्बन्धी कतिपय बिषयहरु बीमा ऐनमै समावेश भएकोले हटाइएको थियो । अशोक खड्का चिवतनमा सम्पन्न भएको नेकपा एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय लेखा आयोग सदस्य बनेका थिए । उनी केन्द्रीय सदस्य हुँदा पुरानै ऐन कार्यान्वयनमा थियो । नेता खड्काले नै बीमा प्राधिकरणभित्र सेटिङ हानेर संस्थागत सुशासन सम्बन्धी व्यवस्थामा सिईओमाथि लगाइएको निधेष हटाएको विश्वास गरिएको छ ।

सार्वजनिक कम्पनीमा राजनीतिक पार्टीका केन्द्रीय सदस्यले नियुक्ती लिइरहेको बिषयमा बीमा प्राधिकरणले कारवाही गर्न नसके पनि अर्थमन्त्रालयबाटै भएपनि कारवाही हुनुपर्ने माग आम लगानीकर्ताहरुले गरिरहेका छन् । आम सर्वसाधारणको लगानी रहेको नेको इन्स्योरेन्स कम्पनीलाई एमालेकरण गर्ने सिईओ खड्काको प्रयासमा बीमा प्राधिकरण लाचार बनेर तामासा हेरिरहन्छ वा कारवाही गर्छ त्यो भने प्रतिक्षाकै बिषय बनेको छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका