जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गरिमा क्यापिटल लिमिटेडको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

गरिमा क्यापिटल लिमिटेडको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहकहरुले आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्ने आग्रह गरेको छ । आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोशेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको हो ।

क) दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९।– (अक्षरेपी नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

ख) पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ४९९।– (अक्षरेपी चार सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

ग) आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १,९९९।– (अक्षरेपी: एक हजार नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।

घ) नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १५०।– (अक्षरेपी: एक सय पचास रुपैयाँ मात्र) भुक्तान गरी एक (१) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ ।

यस सम्बन्धी थप जानकारीका लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९÷५०, ४५१६६९१ वा मोबाईल नम्बर ९८४७३७९१०८÷९८६६२९८५०६ मा सोझै सम्पर्क गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले हितग्राही र मेरोशेयर खाता नविकरणको सुविधा देशैभर फैलिएको गरिमा विकास बैंक लिमिटेडका शाखाहरुबाट समेत उपभोग गर्न सक्नेछन् ।

4580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका