जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले डाक्यो साधारण सभा

सिटिजन्स बैंकले डाक्यो साधारण सभा

सिटिजन्स बैंक इन्टरनेशल र सिर्जन फाईनान्स लिमिटेडले जेठ २७ गते एकै दिन विशेष साधारण सभा बोलाएका छन् । सिटिजन्स बैंक इन्टरनेशनलले बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौंमा विहान ९ बजे र सिर्जना फाइनान्सले केन्द्रिय कार्यालय कलेज रोड, विराटनगरमा विहान ९ बजे सभा बोलाएको हो । दुबै कम्पनीले सभा भने भर्चुअल माध्यमबाट गर्ने भएका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जन फाइनान्सलाई १०० बराबर ९५ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच जेठ ११ गते प्राप्ती सम्बन्धि अन्तिम सम्झौता भएको थियो । प्रारम्भिक सम्झौता भने गत माघ २८ गते भएको थियो । यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार गर्ने गरी दुबै कम्पनीले प्राप्ती सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन ।

साधारण सभा प्रयोजनका लागि सिटिजन्स बैंक इन्टरनेशनलले जेठ २१ गते एक दिन र सिर्जना फाइनान्सले जेठ १८ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । दुबै कम्पनीको विशेष साधारण सभाले प्राप्ती प्रयोजनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सिर्जना फाइनान्सलाई प्राप्ती गरेपश्चात सिटिजन्स बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार पुग्नेछ ।

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका