समाचार
दरबारमार्ग जग्गा प्रकरणमा मुद्दा: सोनाम शेर्पासहितबाट सवा ५ अर्ब क्षतिपूर्ति भराउन मागदाबी

थामसेर्कुका ल्हाक्पा सोनाम शेर्पासहितका ४ प्रतिवादीबाट दरबारमार्गको जग्गा भाडा प्रकरणमा सवा ५ अर्ब रुपैयाँ क्षतिपूर्ति भराउन जिल्ला सरकारी वकीलको कार्यालयले माग गर्दै मुद्दा दर्ता गरेको छ। कार्यालयले जग्गा भाडामा ४ अर्ब ८४ करोड कममा सम्झौता गरेको, वाटोको जग्गा प्रयोग गर्न दिएवापत ५३ लाख ४४ करोड, नेपाल ट्रस्टलाई अतिरिक्त तलाको तिर्नुपर्ने ३८ करोड रुपैयाँ भाडासहित सवा ५ अर्ब रुपैयाँ क्षतिपूर्ति मागदाबी गरेको छ ।
पूर्वसचिव अर्जुनबहादुर कार्की, पूर्वसहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका ल्हाक्पा सोनाम शेर्पा र उनको कम्पनी थामसेर्कुबाट उक्त क्षतिपूर्ति भराउनुपर्ने माग जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले लिएको छ ।
जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गराएको सरकारी वकीलको कार्यालयले बुधबार दर्ता गराएको उक्त मुद्दा अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को बयानमा अनुपस्थित रहेका शेर्पा र उनको कम्पनी थामसेर्कुबाट ३८ करोड ८४ लाख ५३ हजार ७८९ रुपैयाँ नेपाल ट्रस्टलाई क्षतिपूर्ति भराउन माग दाबी गरिएको छ ।
शेर्पालाई उच्च अदालतले पक्राउ नगर्न आदेश दिएको छ । वयानमा अनुपस्थित रहेका प्रतिवादी ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङ प्रालिलाई अदालतबाटै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम पक्राउ पूर्जी जारी गर्न सरकारी वकील कार्यालयले माग गरेको छ ।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गको ४६०६ कित्ता नम्बरको जग्गा र सो सँगै जोडिएको किनं ४६०५ को जग्गा समेत राखी मिति २०७४/०२/१४ गते नेपाल ट्रष्टको कार्यालय र थाम;]र्कु ट्रेकिङबीच लिज सम्बन्धी करार संझौता भएको थियो ।
उनलाई ठगी र संगठित अपराध गरेको मुद्दामा अनुसन्धानको क्रममा मिसिल संलग्न रहेको काठमाडौं महानगरपालिकाको मिति २०७६र०४र१३ गतेको भवन निर्माण सम्पन्नता प्रमाणपत्रको आधारमा मूल्याङ्कन समितिको प्रतिवेदन अनुसार हुनु पर्ने सम्झौता रकम ६ अर्ब २६ करोड ५६ लाख ३२ हजार ३७० रुपैयाँको थियो तर । भवन निर्माण सम्पन्न प्रमाणपत्र अनुसार तीन तलाको अनुमति भएपनि ५ तलाको भवन बनाएर सम्झौता विरीत काम गरेको पनि उल्लेख छ ।
अतिरिक्त निर्माणको भाडा १ अर्ब ४५ करोड हुन आउछ । नेपाल ट्रष्टको कार्यालयले पाउने संझौता भएपछिको भाडा हाल सम्म पहिलो ८ बर्षको ३८ करोड रुपैयाँ हुने र सोही रकम शेर्पाबाट भराउन मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।
सीआइबीले तयार परेको अनुसन्धान प्रतिवेदन अनुसार प्रतिवादीहरु लेख बहादुर कार्की, अर्जुन कुमार कार्की, थामसेर्कु ट्रेकिङ प्रालि र ल्हाक्पा सोनाम शेर्पा समेतबाट नेपाल ट्रष्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ दिनुपर्नेमा १ अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ मात्रमा सम्झौता भएको थियो ।
यस्तो सम्झौताबाट ४ अर्ब ८६ करोड २५ लाख ८५ हजार ७८९ रुपैयाँ र बाटोको जग्गा प्रयोग गर्न दिए बापत हाल सम्मको बिगो ५३ लाख ४४ हजार ४७६ रुपैयाँ प्रतिवादीहरु लेख बहादुर कार्की, अर्जुन कुमार कार्की, थामसेर्कु ट्रेकिङ प्रालि र ल्हाक्पा सोनाम शेर्पा समेतबाट भराउनुपर्ने उल्लेख छ ।
सम्झौतामा ३ तला उल्लेख भएको तर निर्माण भएको ४ औं र ५ औं तल्लाको नेपाल ट्रष्टलाई भाडा बापत तिर्न पर्ने हाल सम्मको रकम ३८ करोड ८४ लाख ५३ हजार ४३० थामसेर्कु ट्रेकिङ प्रा।लि। र ल्हाक्पा सोनाम शेर्पा समेतबाट भराउनुपर्ने दाबीसहित अदालतमा मुद्दा दर्ता भएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार
































































