जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई ३९ करोड ३३ लाख नगद लाभांश दिने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई ३९ करोड ३३ लाख नगद लाभांश दिने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख २८ हजार रुपैयाँ छ। संचालक समितिको निर्णय अनुसार सेयरधनीले ३९ करोड ३३ लाख ९५ हजार रुपैयाँ लाभांश पाउनेछन्।

नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि बुक क्लोजअघि कामय सेयरधनीले लाभांश पाउनेछन्। इन्स्योरेन्सले बुक क्लोजको मिति तोकेको छैन।

535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका