जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५% कायम गरिनुपर्ने अर्थमन्त्रीसँग नाडाको माग

हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५% कायम गरिनुपर्ने अर्थमन्त्रीसँग नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि र अर्थमन्त्री डा प्रकाशशरण महतबीच छलफल भएको छ। छलफलमा नाडाका प्रतिनिधिहरुले गाडी खरिदका लागि बैंकबाट ऋण दिने व्यवस्था सहज बनाउन माग गरेका छन्।

छलफलमा नाडाका अध्यक्ष ध्रुव थापाले सुस्ताएको अटो सेक्टरलाई चलायमान बनाउन ऋण पुनर्तालिकीकरकको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय निकायलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नका लागि प्रमुख बाधकका रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन्। ‘बैंकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गरिनुपर्छ’, उनले भने।

3840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका