
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ । अदालतले यस प्रकरणमा संलग्न रहेको ठहर गर्दै रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यस प्रकरणमा मुछिएका व्यक्तिहरूको सजाय निर्धारण गर्ने क्रममा रिजाललाई उक्त दण्ड तोकेको हो । अदालतले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकाहरूको सजाय तय गर्ने क्रममा रिजालको हकमा पनि कैद र जरिबानाको अन्तिम फैसला गरेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरिएको यस गम्भीर प्रकरणमा अदालतले दोषी ठहर भएकाहरूको सजाय निर्धारण गरिरहेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































