जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन बैंकले खोल्यो सिन्धुलीको खुर्कोटमा शाखा

हिमालयन बैंकले खोल्यो सिन्धुलीको खुर्कोटमा शाखा

हिमालयन बैंक लिमिटेडले गोलान्जोर—७, साझा चोक, खुर्कोट, सिन्धुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

सो शाखाको समुद्धघाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहका बीच गरेका थिए। सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।

देशको राजधानी काठमाडौलाई तराई मधेशसंग जोड्ने विपि राजमार्गको मध्य भाग तिर पर्ने खुर्कोट व्यापारिक दृष्टिकोणले सिन्धुली जिल्लाको महत्वपूर्ण स्थान हुनुका साथै रामेछाप जिल्ला जाने मुख्य नाका पनि भएकोले उद्योग तथा व्यवसायिक लगानीका लागि यस क्षेत्रमा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरेका थिए।

समुद्धघाटन समारोहमा सञ्चालक समितिका सदस्यहरु लगायत बैंकका बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो। साथै समारोहमा स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि उपस्थिति थिए।

11075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?