जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सम्पत्ति क्षति हुँदा लगानीकर्ताको मात्रै हुँदैन राज्यको हुन्छः अर्थमन्त्री

सम्पत्ति क्षति हुँदा लगानीकर्ताको मात्रै हुँदैन राज्यको हुन्छः अर्थमन्त्री

अर्थमन्त्री डा. रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति निजी क्षेत्रको मात्रै नभएर राष्ट्रको सम्पत्ति भएको बताएका छन् । देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा मन्त्री खनालले यस्तो बताएका हुन् ।

‘निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति लगानीकर्ताको मात्रै होइन, राष्ट्रको सम्पत्ति हो । त्यो क्षति हुनु भनेको राज्यको क्षति हुनु हो । निजी क्षेत्रले कमाएको नाफा पनि सबैतिर वितरण हुने गर्दछ । जुन कुरा सबैले राख्नु भएको छ,’ खनालले भने, ‘तर, पनि हरेक पटकको आन्दोलनमा निजी क्षेत्र निसानामा पर्ने गर्दछ ।’ उनले, यसर्थ नागरिक, सरकार र निजी क्षेत्र सबै यस विषयमा एक ठाउँमा उभिन आवश्यक भएको बताए ।

‘यस बीचमा कतिपय अर्थतन्त्रका सूचकहरु सकारात्मक अवस्थामा छन् । न्यून मूल्यवृद्धि, पर्याप्त तरलता, न्यून ब्याजदर र विदेशी मुद्राको सञ्चिति सकारात्मक अवस्थामा छन्,’ खनालले भने, ‘तर, लगानी वृद्धिको दर भने एकदमै कमजोर छ । निजी क्षेत्रले खरानीबाट फेरि उठ्छौं भन्दा पनि मनोबल भने अझै बढ्न सकेको देखिँदैन ।’

उनले यो पाटोमा काम गर्नुपर्ने आवश्यक्ता रहेको र सरकारले सोही प्रयास गरिरहेको बताए । भदौ २३ र २४ गतेको जनेजी प्रदर्शनले निजी क्षेत्रमा क्षति गरेपछि सरकारले पटकपटक यस विषयमा संवाद गर्दै आएको उनले उल्लेख गरे । निजी क्षेत्रले पनि निरन्तर रुपमा हामी फेरि उठ्छौं भनेर प्रतिबद्धता देखाउँदै आएको खनालले बताए ।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका