जोडिनुहोस
शुक्रबार, पुस २५, २०८२
शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • राज्यलाई अर्बौ कर तिर्ने बैंक र बैंक कर्मचारी माथी एक पछि अर्को आक्रमणः सुरक्षाको ग्यारेन्टी दिने राज्य कहाँ छ ?

राज्यलाई अर्बौ कर तिर्ने बैंक र बैंक कर्मचारी माथी एक पछि अर्को आक्रमणः सुरक्षाको ग्यारेन्टी दिने राज्य कहाँ छ ?

यति बेला एक पछि अर्को गर्दै बैंक र वित्तिय संस्थाका कर्मचारी र बैंक माथी आक्रमण भएको छ । सुरक्षाको ग्यारेन्टी दिने सरकार कहाँ छ ? बैंक र वित्तिय संस्थामा जनताको पैसा छ । जनताकै पैसाबाट कर्जा प्रवाह भएको हुन्छ । कर्जाका ऋणीहरुले एकपछि अर्को धम्की दिँदै बैंकका कर्मचारीलाई कालोमोसो दल्ने, कार्यालय नै तोडफोड गर्ने, आगजनी गर्ने जस्ता घिन लाग्दा कार्य गरिरहे पनि राज्य किन मौन बसेको हो । यो चाहि खोजी कै विषय बनेको छ । राज्यलाई वार्षिक अर्बौ कर तिर्ने बैंक र वित्तिय संस्थाको सुरक्षा दिने दायित्व राज्यको हो कि कसको अर्थमन्त्रीज्यू ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि भइरहेका आक्रमण र दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ । बैंक कर्मचारी युनियनले नेपाल राष्ट्र बैंकमा बुझाएको ज्ञापन पत्रमा साथै सबै कर्मचारी धर्नामा बस्ने, बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण चाबीहरु नेपाल राष्ट्र बैंक र जगेडा चाबीहरु अर्थ मन्त्रालयमा बुझाउने चेतावनी दिइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घोराही शाखामा कार्यरत कर्मचारीहरूमाथि कर्जा असुलीको बहानामा अराजक समूहले ज्यान मार्ने नियतका साथ साङ्घातिक हमला गरेको बताइएको छ । बैंक कर्मचारी युनियनले बैंक तथा वित्तीय संस्थाहरूले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै कर्मचारीहरूको पेशागत मर्यादा र सुरक्षाको ग्यारेन्टी गर्न राज्यसँग माग गरेको छ। कर्जा मिनाहाको माग गर्ने र वित्तीय प्रणालीलाई नै धराशायी बनाउन खोज्ने अराजक तत्वहरूलाई राजनीतिक संरक्षण दिनु दुर्भाग्यपूर्ण भएको युनियनले दाबी गरेको छ ।

उता नागरिक बचाउ अभियानका एक कार्यकर्तासहित एनआईसी एशियाको इटहरी कार्यालयमा पेट्रोल बोकेर आत्मदाहको प्रयास गर्ने व्यक्रिलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय दुर्गा प्रसाईं समूहको अभियानले बैंकवित्तमा अराजगता बढाउँदै लगेको छ । एनआईसी एशिया बैंक इटहरीका ऋणी लालबहादुर पौडेलले सोमबार एनआइसी एशिया बैंकको इटहरी शाखामा आएर पेट्रोल छर्कंदै आत्मदाह गर्छु भनेका थिए । केही वर्षदेखि कर्जा नतिरेपछि धितो लिलाममा गएपछि ऋणी बैंकमा आएका हुन् । बैंकका ऋणी गंगाशरण साह तेलीले लिएको ऋण नतिरेपछि बैंकले धितो लिलाममा लगेको थियो । ती ऋणीसँग पौडेलले व्यक्तिगत कारोबार गरेको तथा बैंकले धितो लिलाम गर्दा आफ्नो रकम पनि चाहिने भन्दै उनी बैंकसम्म आएको बताइएको छ । बैंकमा आएर अराजकता फैलाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । पछिल्लो पटक ज्योति विकास बैंकका कर्मचारी यसको शिकार भएका थिए । ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दल्ने, कुटपीट गर्ने तथा दुर्व्यवहार कार्य गरियो । घटनामा संलग्नलाई कार्बाही नगरिएकै कारण यस कार्यमा आत्मबल बढेको देखिन्छ ।

यस्ता घटना विगतमा लघुवित्त वित्तीय संस्थामा पटक पटक भएका छन् । कैयौ लघुवित्तकर्मीदले यी र यस्ता घटना लुकाएका छन् भने कतिले सार्वजनिक गरेका छन् । २०७९ मा सबैभन्दा बढी लघुवित्तप्रति चौतर्फी आक्रमण भयो । लघुवित्तको ऋण नतिर्ने बहानामा विभिन्न आन्दोलनहरु भए । विभिन्न राजनीतिक दलहरुनै लघुवित्तविरुद्ध लागे । गरिब तथा विपन्न वर्गका व्यक्तिलाई लक्षित गरेर स्थापना भएको लघुवित्तमाथि संसद भवन होस् वा राजनीतिक दल, सञ्चार माध्यम अथवा लघुवित्तविरुद्ध स्थापना भएका विभिन्न संघर्ष समिति लघुवित्तविरुद्ध जाइ लागे ।

फागुन २१ गते मोरङको कर्सियामा जीवन विकास लघुवित्तको गौरीगन्ज शाखाका कर्मचारी त्रिदेव मण्डलमाथि कुटपिट भयो । लघुवित्तपीडित संघर्ष समितिका सदस्यहरुले उनलाई धनपालनाथ गाउँपालिकामा कुटपिट गरे । फागुन २५ गते झापामा अभियान लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलियो ।

झापामा आयोजित कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंले लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने जस्ता अभिव्यक्ति दिए । सोही कारण पनि लघुवित्तका कर्मचारीमाथि आक्रमण समेत भयो । फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई कालोमासो दलियो। सो घटनामा लुटपाट समेतका जघन्य काम भयो। फागुन २१ गते मोरङको कर्सियामा जीवन विकास लघुवित्तको गौरीगन्ज शाखाका कर्मचारी त्रिदेव मण्डलमाथि कुटपिट भयो । लघुवित्तपीडित संघर्ष समितिका सदस्यहरुले उनलाई धनपालनाथ गाउँपालिकामा कुटपिट गरे । फागुन २५ गते झापामा अभियान लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलियो । विराटनगरमा केही समूहले बैंक तथा वित्तीय संस्था बन्द गर्न लगाउने र कर्मचारीसहित सेवाग्राहीमाथि नै धरपकड समेत गरेको थियो । भन्दा फरक पर्दैन ।

केही वर्षदेखि कर्जा नतिरेपछि धितो लिलाममा गएपछि ऋणी बैंकमा आएका हुन् । बैंकका ऋणी गंगाशरण साह तेलीले लिएको ऋण नतिरेपछि बैंकले धितो लिलाममा लगेको थियो ।

संखुवासभा खाँदबारीमा लघुवित्तका कर्मचारीमाथि कुटपिटपछि बैंक तथा वित्तीय संस्थाले प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए । एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत कर्मचारी पाँचखपन नगरपालिका–३ का दिलबहादुर तिवारीमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै स्थानीय बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाए । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई हतोत्साहित हुने गरी धम्की तथा भौतिक आक्रमणले समग्र बैंक तथा वित्तीय संस्थाको वातावरण त्रासपूर्ण रहेको विज्ञप्तिमा भनिएको थियो । ज्ञापनपत्र बुझ्दै संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनामा संम्लग्न माथि कडा कारवाही हुने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत कर्मचारीमाथि खाँदबारी–१ स्थित टुँडीखेलमा बोलाइ सुनियोजित ढंगबाट भौतिक आक्रमण गरी गम्भीर घाइते भएको घटनाप्रति संखुवासभाका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको थियो । लघुवित्तका कर्मचारीलाई किस्ता लिन बोलाएर हेलमेटले कुटपिट गरेको पीडितले बताएका थिए । यी त नमुना घटना थिए । सप्तरी, कपीलबस्तु र सिराहामा पनि यस्ता घटना भएका थिए । लघुवित्तमा यस्ता कैयौं घटना डरकै कारण र जागिरकै कारण लुकाइएका छन् । भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् ।

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका