जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निजीवन बीमा कम्पनीहरुको व्यापार ३० अर्ब भन्दा बढि, पहिलो शिखर इन्स्योरेन्स दोस्रो सगरमाथा लुम्बिनी र तेस्रो सिद्धार्थ प्रिमियर, चौथो हिमालयन एभरेष्ट इन्स्योरेन्स !

निजीवन बीमा कम्पनीहरुको व्यापार ३० अर्ब भन्दा बढि, पहिलो शिखर इन्स्योरेन्स दोस्रो सगरमाथा लुम्बिनी र तेस्रो सिद्धार्थ प्रिमियर, चौथो हिमालयन एभरेष्ट इन्स्योरेन्स !

नेपालका निजीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत्रसम्म ३० अर्ब भन्दा बढिको व्यवसाय गरेको खुलेको छ । कम्पनीहरुले ३० अर्ब १ करोड ४८ लाख रुपैया कूल बीमा शुल्क संकल्प गरेको भेटिएको छ । भनिन्छ यो अवधीमा निजीवन बीमा कम्पनीहरुले २१ लाख ६६ हजार ३२८ वटा कुल बीमा लेख विक्री गरेको देखिन्छ । भन्दा अब फरक पर्दैन । व्यवसाय बढाउने पहिलो कम्पनीमा दिप प्रकाश पाण्डे सीइओ रहेको शिखर इन्स्योरेन्स कम्पनी भएको छ भने दोस्रोमा नेपाल बीमक संघका अध्यक्ष समेत रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीइओ चक्की श्रेष्ठ रहेका छन् । तेस्रोमा वीरेन्द्र वैदावार क्षेत्री सीइओ रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ भने चौथोमा विमा विज्ञ अन्तराष्ट्रिय बीमक संघका अध्यक्ष समेत रहेका विजय बहादुर शाह सीइओ रहेको हिमालय एभरेष्ट इन्स्योरेन्स रहेको भेटिएको छ भन्दा अब फरक पर्दैन । नेपालमा सञ्चालनमा रहेका १६ निर्जीवन बिमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बिमाशुल्क संकलन गरेको छ । कम्पनीले चैतसम्ममा ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ लाख ३ हजार २०१ वटा कुल बिमालेख जारी गरी उक्त रकम संकलन गरेको भेटिएको छ ।

व्यवसायमा शिखरलाई मर्जर पश्चात बनेको नयाँ कम्पनी सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरले पछ्याएका छन् । मर्जर पश्चात बनेको सगरमाथा लुम्बिनीले यस अवधिमा ३ अर्ब ४८ करोड १३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २ लाख ६५ हजार ५५८ वटा कुल बिमालेख जारी गरी उक्त रकम संकलन गरेको देखिन्छ । मर्जर पश्चात बनेको नयाँ कम्पनी सिद्धार्थ प्रिमियरले यस अवधिमा २ लाख ६९ हजार ८ वटा कुल बिमालेख जारी गरी ३ अर्ब ३५ करोड २५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको भेटिएको छ ।  व्यवसायमा नेको इन्स्योरेन्स र मर्जर पश्चात बनेको नयाँ कम्पनी हिमालयन एभरेष्टबीच प्रतिस्पर्धा चलेको छ । नेकोले यस अवधिमा २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्टले २ अर्ब २९ करोड ४९ लाख रुपैयाँ संकलन गरेको देखिन्छ । नेपाल इन्स्योरेन्स, ओरियन्टल, राष्ट्रिय बीमा कम्पनी, प्रभु, आइएमई जनरल, प्रुडेन्सियल, अजोड, एनएलजी र सानिमा जिआइसीले १ अर्ब रुपैयाँभन्दा बढी बिमाशुल्क संकलन गरेका छन् । यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९९ करोड ५२ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८१ करोड १२ लाख, सानिमा जिआइसीले १ अर्ब ६५ करोड ४६ लाख, अजोडले १ अर्ब ४४ करोड ३२ लाख, आइएमईले १ अर्ब ४२ करोड २२ लाख, प्रभुले १ अर्ब १५ करोड ४९ लाख, नेपालले १ अर्ब १५ करोड १० लाख र ओरियन्टलले १ अर्ब ७ करोड ३९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् । नेशनल र यूनाइटेडको व्यवसाय भने अर्ब भन्दा कम छ । नेशनलले यस अवधिमा ७६ करोड ३२ लाख रुपैयाँ र यूनाइटेडले ९५ करोड ३२ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ् तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली बिमा, लघुबीमा र विविध बिमालेख बिक्री गर्दै आएको देखिन्छ ।

मर्जर पछि आक्रमक
चैत महिनामा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार देखिएको छ । गएको फागुन महिनामा मात्रै २ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै ४ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको भेटिएको छ । गत वर्षको चैत महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको तुनामा यस वर्ष २१ प्रतिशतले बृद्धि देखिएको छ । त्यस्तै चैत महिनासम्मकै कुल बीमा शुल्क आर्जन तर्फ भने ४.५७ प्रतिशतले मात्रै बढेको देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गत वर्षको यहि अधविमा उनिहरुले २८ अर्ब ७० करोड रुपैयाँ आर्जन गरेका छन् । आगामी असारसम्ममा पनि यहि स्थितिमा बृद्धिदर रह्यो भने यो बृद्धिदर एक दशक यताकै सर्वाधिक कम बृद्धिदर भएको वर्ष हुने देखिन्छ ।  चैत एक महिनामा मात्रै सवैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क आर्जनका आधारमा कम्पनीको बजार हिस्सा १९.५६ प्रतिशत रहेको छ । दोस्रो धेरै बीमा शुल्क हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३८ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । तेस्रो धेरै सगरमाथा लुम्बिनीले ३७ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । यसरी मर्जर पछि पनि बीमा कम्पनीहरुले पहिलो हुँदै आएको सगरमाथालाई टक्कर दिन सकेका छैनन् । भन्दा फरक पर्दैन ।

चौथो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ३६ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसरी शिखर पछि सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्नेमा मर्जर भएका कम्पनीहरु छन् । पाँचौ नम्बरमा रहेको नेकोले २८ करोड ४४ लाख रुपायँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसीको २३ करोड ९८ लाख रुपैयाँ छ । बाँकी कम्पनीहरु क्रमश एनएलजी २२ करोड ४३ लाख, आइएमई जनरल २१ करोड ११ लाख, अजोड २० करोड ७७ लाख, राष्ट्रिय बीमा कम्पनी १८ करोड ५६ लाख, युनाइटेड १६ करोड ८४ लाख, प्रुडेन्सियल १४ करोड ९२ लाख, नेपाल इन्स्योरेन्स १४ करोड ७२ लाख, दि ओरिएण्टल १४ करोड २४ लाख, प्रभु १२ करोड ८५ लाख र नेशनलले ११ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । सचेत भया ।

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका