जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चालु आर्थिक वर्षमा कुनै पनि बीमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्न नपाउने, प्रस्ताव नल्याउन समितिको निर्देशन

चालु आर्थिक वर्षमा कुनै पनि बीमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्न नपाउने, प्रस्ताव नल्याउन समितिको निर्देशन

चालु आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न नपाउने भएका छन् । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई अनौपचारिक रुपमा हकप्रद शेयर निष्काशनको प्रस्ताव नल्याउन भन्दै निर्देशन दिएको छ । समितिले अहिलेसम्म कुनै पनि लिखित निर्देशन जारी नगरे पनि कुराकानीको क्रममा हकप्रदका लागि प्रस्ताव नल्याउन निर्देशन दिएको हो ।

कतिपय बीमा कम्पनीहरुले आन्तरिक रुपमा हकप्रद शेयर निष्काशनको तयारी गरिरहेका छन् । तर उनिहरुलाई यो वर्ष उक्त तयारी नगर्न निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुमरण पौडेलले जानकारी दिए ।

बीमा कम्पनीहरुले चालु आर्थिक वर्षका लागि तयार पार्ने नीति तथा कार्यक्रममा पनि हकप्रद शेयर निष्काशनको योजना नबनाउन समितिले अनुरोध गरेको छ । बीमा कम्पनीहरुले तयार पारेको नीति तथा कार्यक्रम बीमा समितिमा जानकारीका लागि पेश गर्नु पर्ने व्यवस्था छ ।

यस्तो नीति तथा कार्यक्रममा बीमा कम्पनीहरुले शाखा विस्तार, कर्मचारी नियुक्ति, व्यवसायिक योजना, कार्यालय प्रयोजनका लागि आवस्यक पर्ने सूचना प्रविधिमा लगानी, कार्यालय भवन प्रयोजनका लागि घर जग्गा खरिदका योजना बनाएका हुन्छन् । यदि उक्त योजनामा हकप्रद शेयर निष्काशन गरेर पूँजी बढाउने योजना भएमा हटाउन समेत निर्देशन दिइएको छ ।

शेयर बजारमा मूल्य बढाउने प्रयोजनका लागि हकप्रद शेयर निष्काशन गर्ने विक्रितिलाई नियन्त्रण गर्न समितिले यस्तो कदम अपनाएको हो । केहि समय अगाडि अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको सूचना बाहिर चुहाएर इन्साइडर ट्रेडिङ गरेको भन्दै समितिले रोक लगाएको थियो । बढ्दो क्रममा शेयरको शेयर बजारमा हकप्रद शेयर निष्काशनको सूचनामा खेल्न खोजे पछि कम्पनीहरुलाई समितिले कडाइ गरेको हो ।

अझै पनि कतिपय बीमा कम्पनीले आफ्नो चुक्ता पूँजी बराबर पनि व्यवसाय गर्न सकेका छैनन् । तर थप पूँजी आवस्यक परेको भन्दै उनिहरुले हकप्रद शेयरको प्रस्ताव गरिरहेका छन् । केहि कम्पनीको बदमासीलाई रोक्न खोज्दा वास्तवमै पूँजी आवस्यक परेका कम्पनीहरुलाई बीमा समितिको यस्तो कदमले अप्ठ्यारो पारेको छ ।

समितिले हकप्रद शेयर निष्काशन गर्नु भन्दा अगाडि बीमा समितिको स्वीकृति लिनु पर्ने व्यवस्था गरिदिएको छ । थप पूँजी आवस्यक परेको औचित्यता विनानै कम्पनीहरुले हकप्रद शेयर निष्काशन गरिरहेका छन् । अर्को तर्फ पूँजी आवस्यक परेका बीमा कम्पनीहरुले पनि पटक पटक हकप्रद शेयर निष्काशन गर्ने गरेका छन् । दोस्रो बजारमा आफ्नो कम्पनीको शेयर मूल्य माथि पारिराख्न र सोहि सूचनामा खेलेर पैसा कमाउने सोचका साथ बीमा कम्पनीका सञ्चालक तथा कर्मचारीहरु लागि परेका धेरै उदाहरण छन् । अहिले पनि दोस्रो बजारमा मूल्य बढाउन केहि कम्पनीहरु आन्तरिक रुपमा हकप्रद शेयर निष्काशनको तयारी गरिरहेका छन् ।

4725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका