जोडिनुहोस
बिहिबार, पुस २४, २०८२
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • कुलमानले मन्त्री पदबाट राजीनामा दिने

कुलमानले मन्त्री पदबाट राजीनामा दिने

कुलमान घिसिङले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा उर्जा मन्त्रालय, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको नेतृत्व सम्हालिरहेका कुलमानले अन्ततः राजीनामा दिने तयारी गरेका हुन् । राजीनामा दिने विषयमा कुलमानले छलफल गरिरहेको उनी निकट एक नेताले बताएका छन् ।

ती नेताका अनुसार सरकारमा मन्त्री रहँदा रहँदै दलीय रुपमा निर्वाचनको तयारीमा लागेको भन्दै आलोचना भएपछि कुलमानले राजीनामा दिने तयारी गरेका हुन् । सम्भवतः आजभोलीमै कुलमानले मन्त्री पदबाट राजीनामा दिने कुलमान निकट नेताले दाबी गरेका छन् ।

उनी भदौ ३० गते उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री बनेका थिए । तर, मन्त्री रहँदै दलीय रुपमा चुनावी तयारीमा लागेको भन्दै आलोचना भएपछि नैतिकताका आधारमा कुलमानले राजीनामा दिन लागेको बताइएको छ ।

यसो त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमै राजनीति गर्ने हो वा चुनाव लड्ने हो भने तत्काल मन्त्री पद छोड्न मन्त्रिहरुलाई निर्देशन दिएकी थिइन् । यता कुलमान चुनाव लड्ने निश्चित छ । यही कारण पनि कुलमान राजीनामा दिएर चुनावको तयारीमा लाग्ने उनी निकट नेताहरुले बताएका छन् ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?