जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • विकास बैंक र वित्त कम्पनीमध्ये ८ वटाले पुसमा साधारणसभा गर्न नसक्ने

विकास बैंक र वित्त कम्पनीमध्ये ८ वटाले पुसमा साधारणसभा गर्न नसक्ने

आठ वटा विकास बैंक र वित्त कम्पनीले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएका छन्। बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय विवरण बाह्य लेखापरीक्षण गराएर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिइ वार्षिक साधारण सभा गर्नुपर्ने व्यवस्था रहेकामा ८ वटा विकास बैंक र वित्त कम्पनीले अझै स्वीकृति पाएका छैनन्।

बाह्य लेखापरीक्षणमा ढिलाइ गर्दा ८ वटा विकास बैंक र वित्त कम्पनीले साधारण सभा गर्न स्वीकृति नपाएको राष्ट्र बैंकका एक कर्मचारीले बताए।

ती कर्मचारीका अनुसार ज्योति विकास, एक्सल डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, सिन्धु विकास र कर्पोरेट डेभलपमेन्ट बैंकले साधारण सभाका लागि स्वीकृति नपाएका हुन्।

‘२४ वटा विकास बैंक र वित्त कम्पनीलाई साधारण सभा गर्न अनुमति दिइसकेका छौं,’ उनले भने। पुस सकिन अब एक साता मात्र बाँकी छ।

390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?