जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै संसारका २०० भन्दाबढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स अब प्रभु म्यानेजमेन्टसँग आवद्ध सात हजार बढी सहकारी संस्थाहरुबाट समेत झिक्न सकिने कम्पनीले जनाएको छ। 

अहिले इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी भुक्तानी केन्द्र र इसेवा वालेटका पाँच हजारबढी एजेन्टबाट इसेवा मनी ट्रान्सफरमा पठाइएको रेमिट्यान्स झिक्न मिल्छ। 

यसका साथै प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यी सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत गर्न सकिने इसेवा मनी ट्रान्सफरले जनाएको छ। 

‘प्रभु म्यानेजमेन्टसँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं। प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जालमार्फत् हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं। यसले इसेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ,’ इसेवा मनी ट्रान्सफरका सीइओ अजेस कोइरालाले भने। 

5970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?