जोडिनुहोस
बिहिबार, माघ २६, २०७९
बिहिबार, माघ २६, २०७९

हालको खबर

  • होमपेज
  • नयाँ प्रकारका बीमा योजना ल्याउन प्राधिकरणको निर्देशन

नयाँ प्रकारका बीमा योजना ल्याउन प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूले नयाँ प्रकारका बीमा योजना ल्याए मात्र बीमा बजार बढ्ने बताएका छन् ।

प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक–अर्काको बिमालेखको नक्कल नगरी नयाँ–नयाँ बिमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरूलाई निर्देशन दिए ।

हालै भएको विमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले ठूला जलविद्युत्लगायत संरचनाहरूको बीमा गराउन कम्पनीहरूबाट पनि प्रयास हुनुपर्नेमा जोड दिए । त्यस्तै, कम्पनीहरूले आफूले आर्जन गरेको रकमको २ प्रतिशत कर्मचारीको क्षमता अभिवृद्धिमा खर्च गर्न उनले निर्देशन दिए । पाँच वर्षभित्र बिमा व्यवसाय दोब्बरले वृद्धि गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भएबमोजिम एक बिमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बिमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बिमा अभिकर्तालाई कामबाट अलग गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बिमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफँैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका