जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका सिइओ खनाल बैंक डुबाउन लागी परेको खुलासा, आफ्नै साढु दाइलाई लेखा परीक्षण दिएर लुटको धन्दाः कहाँ छ राष्ट्र बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका सिइओ खनाल बैंक डुबाउन लागी परेको खुलासा, आफ्नै साढु दाइलाई लेखा परीक्षण दिएर लुटको धन्दाः कहाँ छ राष्ट्र बैंक

सरकारी स्वामित्वको बैंक जहाँ हजारौं हजार सरकारी कार्यालयका खाता छन् लाखौं जनताको डिपोजिट छ तर, यहि बैंकमा यति बेला लुटको धन्दा सुरु भएको एउटा अचम्मको काण्ड फेला परेको छ । त्यो काण्ड हो राष्ट्रिय वाणिजय बैंकका सिइओ देवेन्द्र रमण खनालले बैंकको महत्वपूर्ण मानिएको जसले बैंकको हिसाब किताब देलाउने चाबी नै लेखा परीक्षकमा आफ्नै साढुदाइ प्रकाश लम्साललाई दिएर बैंक डुवाउन शुरु गरेका छन् भन्दा फरक पर्दैन ।

राष्ट्रिय वाणिज्य बैंकमा नियामकीय ‘कोड अफ इथिक्स’ विपरित बाह्य लेखापरीक्षण भएको खुलासा भएको छ । बैंकका सिइओ देवेन्द्र रमण खनाल र बैंकका लेखापरीक्षक प्रकाश लम्साल साढुदाइ, साढुभाइ भएकाले प्रष्ट स्वार्थको द्वन्द देखिँदा पनि बैंकको लेखापरीक्षण प्रकाश लम्सालसमेतको सहभागीमा सम्पन्न भएको पाइएको छ । गभर्नर साब ।

बैंकको आर्थिक बर्ष २०७९–८०, २०८०–८१, र २०८१–८२ को लेखापरीक्षण मा प्रकाश लम्साल संलग्न छन् । उनीसँगै पहिलो दुई वर्षमा अनुप कुमार श्रेष्ठ र प्रकाश जंग थापाले संयुक्त रुपमा काम गरेका छन् भने तेश्रो वर्षमा लम्साल र श्रेष्ठसँगै रमेश धिताल अडिटर छन् । यी मध्ये प्रकाश लम्साल सिइओ देवेन्द्र रमण खनालकी श्रीमती र लेखापरिक्षक प्रकाश लम्सालकी श्रीमती आफ्नै दिदीबहिनी हुन् । भन्दा अन्यथा नहोला ।

नेपालमा लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था हो । आइक्यानले जारी गरेको कोड अफ इथिक्समा स्वनियमनको व्यवस्था छ । अर्थात् कतिपय कुरामा कानुन प्रष्ट नभएको खण्डमा इथिक्सअनुसार स्वार्थको द्वन्द नहुनेगरी काम गर्नु भनिएको छ । नेपालको कम्पनी ऐन २०६३ मा कम्पनीको उच्च तहका कार्यकारी भूमिकामा रहेका कर्मचारीहरुका आफन्तलाई लेखापरीक्षक नियुक्त गर्न नपाउने प्रष्ट व्यवस्था उल्लेख छ ।

कम्पनी ऐनको दफा ११२ मा कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीमा व्यवस्थापन समूहमा रहेका व्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार वा त्यस्तो साझेदार मध्ये कुनैको कर्मचारी वा निजहरुमध्ये सञ्चालक वा साझेदारको नजिकको नातेदार वा नीजको कर्मचारी लेखापरीक्षक नियुक्त हुन नसक्ने स्पष्ट प्रावधान छ । गभर्नर साब छानवीन तत्कालै गरियोस ।

ऐनमा नजिकको नातेदार भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासु, ससुरा, दाजुभाइ दिदी, बहिनी, भाउजू, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजू, छोरा, छोरी, छोरी बुहारी, नाति नातिनी, बुहारी वा ज्वाईं सम्झनु पर्छ भन्ने स्पष्ट उल्लेख छ । ऐनले सासु ससुरा र पति पत्नी नै नजिकको नातेदार भनेर व्याख्या गरिदिएपछि उही सासु ससुराका दुई छोरीका श्रीमान् एउटा बैंकको सिइओ हुँदा अर्को त्यहि बैंकको अडिटर भएको स्थितिमा लेखापरीक्षण गर्न कोड अफ इथिक्सले प्रष्ट रोक्छ । तर, राष्ट्रिय वाणिज्य बैंकमा भने सिइओ साढुभाइ हुँदाहुँदै साडुदाइ अडिटरले अडिट सक्काएका छन् । उनीहरुका सासु ससुराका जेठी छोरी खनालले विवाह गरेका हुन् भने कान्छी छोरी लम्सालले विवाह गरेका हुन् । गभर्नर साब हेक्का होस् ।
आफ्नै हात जगन्ननाथ गर्दै सिइओ खनालले सरकारी बैंकमा घुमाईफिराई लुटको धन्दा चलाउँदै आएपनि राष्ट्र बैंक किन बोल्दैन । यो खोजीकै विषय बनेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत राष्ट्रिय वाणिज्य बैंकका सिइओ खानालले आफ्नै साढुदाइलाई नै लेखापरीक्षक बनाएर लगानीकर्ता डिपोजितको सम्पत्तीमा लुट मच्चाएको देखिन्छ । गभर्नर साब हिसाब किताब मिलाउने लेखा परीक्षणको चाबी नै साढुदाइलाई दिएपछि कस्तो अडिट हुने हो त्यो हेर्ने काम राष्ट्र बैंकको हो कि होइन । सचेत भया ।

लेखापरीक्षक लम्साल स्वयम् आइक्यानका पूर्व अध्यक्ष हुन् । बैंकमा देवेन्द्र रमण खनाल सिइओ भएपछि उनी सो बैंकको अडिटर हुन नपाइने चर्चा त्यतिबेला नै चलेको थियो । तर, कम्पनी ऐनमा साढुभाइ भन्ने शब्द नै नरहेको जिकिर गर्दै कोड अफ इथिक्स बिर्सिएर लम्सालले बैंकको लेखापरीक्षण गरेका छन् । आइक्यानका अर्का पूर्व अध्यक्ष र सो बैंकमा अडिटर रहेका प्रकाश जंग थापाले कम्पनी ऐनमा साढुभाइ भन्ने शब्द नै नरहेकाले लम्सालले अडिट गरेको हुनसक्ने बताए । ‘कोड अफ इथिक्सको कुराचाहिँ आउन सक्छ । तपाईंले उठाउनुभएको विषय बहसको विषय पनि हुनसक्छ । तर कानुनले दिएको देखेर नै अडिट भएको होला ।’

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका