जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाईमा छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाईमा छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्टमा छुट पाउने भएका छन् । बैंक र रेस्टुरेन्टबीच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा छुटको लागि हस्ताक्षर भएको हो।

सम्झौतामा विकास बैंकको तर्फबाट बैंकका बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्टको तर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंको सामाखुसीमा अवस्थितद हिमालयन ग्रिल बाई बाजेकोबाट फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउन सक्ने छन् ।

गरिमा विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग सेवा दिदै आईरहेको छ।

4700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?