जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भक्तपुर बहुमुखी क्याम्पसमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

भक्तपुर बहुमुखी क्याम्पसमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

कामना सेवा विकास बैंकले आज सोमबार भक्तपुर नगरपालिकाको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ।

कार्यक्रममा ६० भन्दा बढी विद्यार्थीको सहभागिता थियो। कार्यक्रमका सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कतालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए।

कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, जगाती शाखाका शाखा प्रमुख सुरजकुमार सरार्फलगायत अन्य कर्माचारी र क्याम्पसका तर्फबाट क्याम्पसका सहायक प्राध्यापक तुलसीराम घेमोसु र अन्य विद्यार्थीको उपस्थिति थियो।

3170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका