जोडिनुहोस
बिहिबार, फाल्गुन ७, २०८२
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • बीमा रकम भुक्तानी हुन नसकेपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा

बीमा रकम भुक्तानी हुन नसकेपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन्। उनले आइतबार स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाए । काफ्ले पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलका पालामा बिमा बोर्डमा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

स्वास्थ्य बिमाको दायित्वबापत सरकारले तिर्नुपर्ने रकम भुक्तानी नभएर धेरै अस्पतालमा स्वास्थ्य बीमा बन्द भएका छन् । सरकारले विभिन्न सेवा प्रदायक संस्थाहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ।सरकारबाट रकम नपाएको भन्दै अस्पतालहरूले उक्त सेवा नै बन्द गर्ने घोषणा गरीरहेका बेला उनको राजीनामा आएको हो ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका