जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सुन तोलामा २ सय रुपैयाँ घट्यो

सुन तोलामा २ सय रुपैयाँ घट्यो

दुई दिन यता सुनको मूल्यमा सामान्य घटबढ देखिएको छ।  सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेर तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार मूल्य तय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामा ९ सय रुपैयाँले घटेर तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा आइपुगेको छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो। आइतबार चाँदी तोलाको एक हजार ४ सय १० रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्यमा आएको  सामान्य गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको हो। सोमबार बिहान सुन प्रतिऔंस २०२९.६२ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस २८.७ डलरमा कारोबार भएको छ।

9200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका