जोडिनुहोस
बिहिबार, फाल्गुन २८, २०८२
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन’- बालेन शाह

काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन’- बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले संघीयता कमजोर भएको भन्दै बलियो हुनुपर्ने बताएका छन् । जनकपुरमा आयोजित चुनावी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । उनले अहिले देशमा सात वटा प्रदेश सरकार भए पनि प्रदेश सरकार भएको अनुभूति आम जनताले गर्न नपाएको बताएका छन् ।

अहिले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत माग गर्नका लागि पनि काठमाडौँ जानुपर्ने अवस्था रहेको भन्दै बालेनले संघीयता र प्रदेश सरकारलाई अझै बलियो बनाउनुपर्ने बताएका छन् ।

‘…जनकपुरको प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्यो भने काठमाडौँ जानुपर्छ । जनकपुर प्रदेशको राजधानी हो भने काठमाडौँ किन जाने ?’, शाहले प्रश्न गर्दै भने, ‘काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन ।’

285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका