जोडिनुहोस
सोमवार, माघ ६, २०८२
सोमवार, माघ ६, २०८२
  • होमपेज
  • काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन’- बालेन शाह

काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन’- बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले संघीयता कमजोर भएको भन्दै बलियो हुनुपर्ने बताएका छन् । जनकपुरमा आयोजित चुनावी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । उनले अहिले देशमा सात वटा प्रदेश सरकार भए पनि प्रदेश सरकार भएको अनुभूति आम जनताले गर्न नपाएको बताएका छन् ।

अहिले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत माग गर्नका लागि पनि काठमाडौँ जानुपर्ने अवस्था रहेको भन्दै बालेनले संघीयता र प्रदेश सरकारलाई अझै बलियो बनाउनुपर्ने बताएका छन् ।

‘…जनकपुरको प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्यो भने काठमाडौँ जानुपर्छ । जनकपुर प्रदेशको राजधानी हो भने काठमाडौँ किन जाने ?’, शाहले प्रश्न गर्दै भने, ‘काठमाडौँ घुम्न जाने हो, अधिकार माग्न होइन ।’

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?