जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कर्जा लिएको हैन जमानी मात्र बसेको भनेर दायित्वबाट मुक्त हुन सकिँदैन: राष्ट्र बैंक

कर्जा लिएको हैन जमानी मात्र बसेको भनेर दायित्वबाट मुक्त हुन सकिँदैन: राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कुनै पनि कर्जाको लागि जमानी बस्दा सजग हुनुपर्ने जनाएको छ । वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले जमानी बसेवापत भविष्यमा आइपर्नसक्ने दायित्व प्रष्ट बुझेरमात्र जमानी बस्नुपर्ने सुझाव दिएको हो ।

सूचनामा भनिएको छ “यस बैंकको निर्देशनमार्फत जमानीकर्ताको दायित्वलाई स्पष्ट गरी कर्जा असुरीमा एकरुपता ल्याउने उद्देश्यले जमानी दिनेको दायित्व जमानी दिँदाका बखत जमानीपत्रमा उल्लेख गरेको रकमको हदसम्म मात्र हुने र कर्जा असुलि गर्दा सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा मात्र जमानीकर्ताले दिएको धितोबाट असुलउपर गर्न सकिने व्यवस्था गरिएको छ । यो व्यवस्था सम्मानित सर्वोच्च अदालनको आदेशमा समेत आधारित रहेको छ ।”

कुनै कर्जाको लागि जमानी दिँदा सज भई कर्जा रकम, प्रयोजन, जोखिम, प्रमुख धितोहरु, ऋणीसँगको सम्बन्ध र विश्वसनीयता, कर्जासम्बन्धी शर्त एवं जमानीसम्बन्धी कानुनी व्यवस्था समेतको बारेमा स्पष्ट बुझ्न राष्ट्र बैंकले भनेको हो ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?