
सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न रहेको आरोप लागेका व्यक्ति काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घ्याङलेख–२ का ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सिन्धुली पठाइएको प्रहरीले बताएको छ ।उनीसहितको समूहले २९ पुसको राति साढे ७ बजेतिर खुकुरी देखाउँदै सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बैंक लुटपाट गरेका थिए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































