जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नाडाका चार सदस्यले बुझाए स्पष्टीकरण

नाडाका चार सदस्यले बुझाए स्पष्टीकरण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका चार सदस्यले स्पष्टीकरण बुझाएका छन्। नाडाको कार्यसमितिमा रहेका आकाश गोल्छा, सुनिल रिजाल, प्रदीपमान प्रधान र सन्जय खेतानले सोमबार स्पष्टीकरण बुझाएका हुन्। उनीहरुले नाडाका महासचिवमाथि संस्थाको विधान उल्लंघन गरेको आरोप लगाउँदै कारबाही किन नगर्ने भन्दै उल्टै प्रति प्रश्न गरेका छन्।

उनीहरुले महासचिवसँग विधान उल्लंघन गरेबापत तपाइँ स्वयंमाथि कारबाहीका लागि हामीले कार्यसमितिमा प्रस्ताव किन नलाने? भन्ने जवाफ दिएका छन्। महासचिवले नाडाको विधान राम्रोसँग अध्ययन नगरेको उनीहरुले पत्रमा उल्लेख गरेका छन्। कार्यसमिति बैठकले निर्णय नगरी स्पष्टीकरण मागिनु विधानविपरीत भएको उनीहरुको भनाइ छ।

‘नाडाको विधानको कुन दफा वा उपदफा अनुसार तपाइँले मलाई यस्तो पत्र पठाउनुभएको हो? के तपाइँलाई यसरी विधान उल्लंघन गर्दै पत्र काट्ने र नाडाको लेटर हेड दुरुपयोग गर्ने छुट छ? कि तपाइँ नाडाको साधारण सभा वा कार्यसमितिभन्दा माथि हुनुहुन्छ?,’ पत्रमा भनिएको छ। चारैजनाको जवाफमा उही कुरा लेखिएको छ। गोल्छासहितका चार सदस्यले कार्यसमितिको आगामी बैठकमा जवाफ प्राप्त हुने आशा राखेको उल्लेख गरेका छन्।

नाडाले अध्यक्ष करण चौधरीविरुद्ध जथाभावी गतिविधि गरेको भन्दै गोल्छासहित चार सदस्यसँग ७ दिनको समय दिएर असार ३ गते स्पष्टीकरण मागेको थियो।

2020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?