जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकमा डेपुटी गभर्नर रिक्त पुरानाको विदाई

राष्ट्र बैंकमा डेपुटी गभर्नर रिक्त पुरानाको विदाई

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र राष्ट्र बैंकको कार्यकाल आज फागुन २४ गते आइतबार सकिएको छ। २०२१ मार्चमा नियुक्त भएका उनीहरूको म्याद २०२६ मार्च ०८ मा समाप्त भएकाले अब नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा बैंकिङ क्षेत्रले आगामी नियुक्तिलाई विशेष चासोका साथ हेरेको छ।

फागुन १९ गते काम कारबाहीको हिसाबले मात्रै तिम्सिना र मिश्र बिदा भएका हुन् । स्रोतका अनुसार मंगलबार उच्च व्यवस्थापन र बोर्ड सदस्यले ढुंगाना र मिश्रलाई केन्द्रीय बैंकमा ५ वर्ष डेपुटी गभर्नरको रुपमा गरेको सेवाका लागि धन्यवाद दिएका छन् । केन्द्रीय बैंक र सबै कर्मचारीको तर्फबाट भने २५ गते बिदाई गर्नेछन् ।

डेपुटी गभर्नर पद केन्द्रीय बैंकमा मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षण, साथै विभिन्न विभागहरूको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीपूर्ण पदका रूपमा मानिन्छ। आगामी समयमा उक्त पद रिक्त हुने सम्भावनासँगै सरकारले योग्य तथा सक्षम व्यक्तिको खोजी गर्दै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका