Sticky Breaking News
२० वाणिज्य बैंकका सिइओहरुको तलब भत्ता डरलाग्दोः शेरचन, पाण्डे, के.सी. र ज्ञवलीको ४ करोड माथी ?

नेपालका २० वाणिज्य बैंकका सिइओहरुको तलब भत्ता यति डरलाग्दो छ कि १ वर्षमा एउटा बैंकको सिइओले २ करोड बढि तलब भत्ता लिएको देखाएका छन् । वाणिज्य बैंकका लाखो लाख लगानीकर्ताहरुले वर्षेदेखि १ पैसा पनि लाभाशं पाएका छैनन् तर, सिइओहरुले १ वर्षमा २ करोड भन्दा बढि तलब भत्ता लिएर दादागिरी देखाई रहेका छन् तर, निकम्मा नियमनकारी निकाय र त्यसका गभर्नर कांगे्रसी कार्यकर्ता डा. विश्वनाथ पौडेल बोल्दैनन् कारवाहीको त कुरा नै छैन भन्दा अब चाहि फरक पर्दैन ।
२० वाणिज्य बैंकहरुका सिइओहरुले १ वर्षमा तलब, भत्ता लगायत विभिन्न सुविधा ३२ करोड भन्दा बढि व्यक्तिगत रुपमा बुझेका छन् तर १ दर्शक देखि बैंकमा लगानी गरेका प्रमोटर र शेयरधनीहरुले ५/७ वर्षदेखि १ रुपैया पनि लाभाशं पाएका छैनन् । यो कस्तो बैकिङ्ग हो गभर्नर साब ? २० वाणिज्य बैंकको वार्षिक प्रतिवेदन केलाउने हो भने सबैभन्दा बढि तलब भत्ता र अन्य सुविधा प्रभु बैंकका पूर्व सिइओ अशोक शेरचनले ४ करोड भन्दा बढि बुझेको खुलेको छ भने दोस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सिइओ ज्योति प्रकाश पाण्डेले ३ करोड भन्दा बढि तलब भत्ता र अन्य सेवा सुविधा लिएको उनकै बैंकको वार्षिक प्रतिवेदनमै उल्लेख गरिएको छ ।
तेस्रोमा एनएमबी बैंकका पूर्व सिइओ सनिल के.सी.ले २ करोड भन्दा बढि तलब भत्ता लिएको देखिन्छ । तर, बैंकका प्रमोटर र शेयरधनीले उनीले बुझेको तलबको ४ प्रतिशत पनि लाभाशं पाएको देखिदैन यो कस्तो बैकिङ्ग हो गभर्नर साब ? अर्को विश्वकै २६ औं धनी विनोद चौधरीको बैंक नबिल बैंकका सिइओ मनोज कुमार ज्ञवलीले २ करोड ५० लाख बढि तलब भत्ता लिएर शेयरधनी र प्रमोटरको मुखमा लात मारेको देखिन्छ । गभर्नर साब हेक्का होस् । नेपालका वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई तलब, भत्ता, बोनस तथा अन्य सुविधा वापत झण्डै ३२ करोड रुपैयाँ खर्च गरेको देखिन्छ । बैंकहरूले सार्वजनिक गरेका वार्षिक प्रतिवेदनअनुसार कम्तीमा १६ वटा बैंकले मात्र सीईओ पारिश्रमिकको विवरण खुलाएका छन् ।
प्रभु बैंकका सीईओ अशोक शेरचनले सबैभन्दा धेरै पारिश्रमिक पाएका छन् । उनले एक वर्षमा तलब, बोनस र चाडपर्व सुविधासहित ४ करोड ३४ लाख रुपैयाँभन्दा बढी बुझेका छन्, जुन वाणिज्य बैंक क्षेत्रमै उच्च रकम हो । त्यसपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले करिब ३ करोड ८९ लाख रुपैयाँ प्राप्त गरेका छन् । एनएमबि बैंकका सीईओ सुनील केसी र नबिल बैंकका सीईओ (पूर्व तथा वर्तमान दुवै) ले पनि २ करोड रुपैयाँभन्दा बढी पारिश्रमिक लिएका छन् । नबिल बैंकमा सीईओ परिवर्तन भएकाले दुई जनालाई रकम बाँडिएको देखिन्छ । भन्दा फरक पर्दैन ।
एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे, सिद्धार्थ, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकका सीईओहरूले वार्षिक १ करोड ५० लाखदेखि २ करोड २५ लाख रुपैयाँ हाराहारी पारिश्रमिक पाएका छन् । यी रकममा तलबसँगै भत्ता, बोनस, सवारी सुविधा, सञ्चार खर्च, बीमा र अन्य लाभहरू समेटिएको देखिन्छ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा सीईओको पारिश्रमिक तुलनात्मक रूपमा कम देखिएको छ । बैंकका सीईओ तिलकराज पाण्डेले करिब ६३ लाख रुपैयाँ मात्र पाएका छन् । कृषि विकास बैंकका सीईओले वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको तलब र सुविधा लिएका छन्, जसमा मासिक तलब, भत्ता, दसैँ खर्च, सञ्चय कोष र स्वास्थ्य सुविधा समावेश छन् । भन्दा अन्यथा नहोला ।
नेपाल एसबिआई बैंकमा सीईओको मुख्य तलब भारतीय स्टेट बैंकले नै दिने भएकाले स्थानीय बैंकले आवास र अन्य सुविधामा मात्र करिब १ करोड ८७ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । समग्रमा हेर्दा, वाणिज्य बैंकहरूमा सीईओ पारिश्रमिक बैंकको स्वामित्व, नाफा, नीति र व्यवस्थापन संरचनाअनुसार निकै फरक–फरक देखिन्छ । निजी बैंकहरूमा पारिश्रमिक उच्च हुँदा सरकारी बैंकहरूमा भने तुलनात्मक रूपमा न्यून रहेको कम देखिन्छ । जे भए पनि वर्षैदेखि बैंकमा करोडौं लगानी गरेका शेयरधनी र प्रमोटरहरुलाई ४/५ वर्षदेखि १ रुपैया पनि प्रतिफल नदिने तर सिइओहरुले १ वर्षमा ४ करोड तलब लिने यो कस्तो बैकिङ्ग प्रणाली हो गभर्नर साब हेक्का होस् । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































