जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विद्युत प्राधिकरणको आवेदन फारम शुल्क खल्ती मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने

विद्युत प्राधिकरणको आवेदन फारम शुल्क खल्ती मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा संचालनमा ल्याएको छ ।  

आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट बाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्ती बाट सजिलै भुक्तानी गर्न सक्नेछन् । दरखास्त दिने मिति यहिँ भाद्र १८ देखि असोज ७ सम्म रहेको छ । यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् ।  

कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक, श्री जोनाम भुर्तेलले जानकारी गराए ।  

प्राधिकरणको आधिकारीक वेबसाइट बाट विभिन्न पदको लागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क सजिलै भुक्तानी गर्न सकिन्छ  । 

6015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका