जोडिनुहोस
बिहिबार, फाल्गुन २८, २०८२
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • सरकारको नाममा कायम गर्नुपर्ने जग्गा मालपोतका हाकिमले दिलाए व्यक्तिलाई

सरकारको नाममा कायम गर्नुपर्ने जग्गा मालपोतका हाकिमले दिलाए व्यक्तिलाई

मालपोत कार्यालयका हाकिमले नै सरकारको नाममा कायम हुनुपर्ने जग्गा गलत लिखत तयारी गरेर व्यक्ति नाममा कायम गराएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले बाँकेको बेतहनीमा अपुताली हक कायम नहुने जग्गा मालपोतका हाकिमले गलत लिखत बनाएर अदालतको फैसलाविपरीत लिलावती कैरातीको नाममा २०७४ माघ २६ गते दर्ता गरेको खुलेको हो।

यो प्रकरणमा अख्तियारले मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख ऋषिराम केसी, तत्कालीन मालपोत अधिकृत अशवककुमार भट्टराईसहित ९ जना विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२० लाख २२ हजार रुपैयाँ बिगो कायम गरिएको मुद्दामा दुई जनालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

झुटा विवरणसहितको फिल्ड मुचुल्का र सिफारिस तयार गरी त्यसकै आधारमा सर्वोच्च अदालतको फैसलाको समेत प्रतिकूल हुने गरी जग्गा कैरातीको नाममा दर्ता गराएको पाइएकाले मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

स्वर्गीय सुरता कुर्मीको जग्गामा अपुताली हक कायम नहुने फैसला जिल्ला अदालत बाँकेले २०६७ मा नै गरेको थियो। यो मुद्दा त्यसपछि सर्वोच्च अदालतसम्म पुगेको थियो।

265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका