जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कृषि विकास बैंकद्धारा ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण

कृषि विकास बैंकद्धारा ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण

कृषि विकास बैंकले ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेललाई सो मात्रामा डस्टबिन हस्तान्तरण गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेललाई आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बाताबरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको बताए।

समाजका अध्यक्ष विश्वराज पौडेलले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताउंदै बैंक परिवारलाई धन्यवाद व्यक्त गरे। कागेश्वरी मनोहरा नगर वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयालले आफ्नो वडा भित्रको सरसफाई कार्यमा सहयोग आएकोमा खुसी व्यक्त गरे।

वि।सं।२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा विकास भइरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भइरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो। करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनीमा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन्। बाँकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन्। ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुद क्षेत्र, ग्रोसरी आदि रहेका छन्।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, ३ नम्बर प्रदेशका निर्देशक सुन्दर खतिवडा, समाजका पदाधिकारीहरु लगायत समाजका सदस्यहरको उपस्थिति रहेको थियो।

7260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?