जोडिनुहोस
शुक्रबार, माघ १०, २०८२
शुक्रबार, माघ १०, २०८२

सर्लाही ४ गगन कि सिंह ?

फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा सर्लाही ४ चर्चा र चासोको विषय बनेको छ । जति झापा ५ को चर्चा त्यती नै सर्लाही ४ को चर्चा छ भन्दा अब फरक पर्दैन । सर्लाही ४ मा गगन थापाले हारे सिंगो कांग्रेस र भावी प्रधानमन्त्री पराजीत हुने पक्का छ भने रास्वपाले हारे एक थान संसद पद हार्नेछ भन्दा अन्यथा नहोला ।

नेपाली काँग्रेस पार्टीको केन्द्रीय समितिको बैठकले भावी प्रधानमन्त्री पार्टी सभापति गगन थापालाई बनाउने भन्दै निर्णय नै गरेर चुनावमा होमिने निर्णय गरेको छ । म आफै पंक्तिकार मतदाता रहेको काठमाडौं ४ छाडेर कांग्रेस सभापति थापा सर्लाही ४ पुगेका छन् । उनी की पुगे सर्लाही कि छाडे काठमाडौं ४ । यो आज चर्चा र चासोकै विषय बनेको छ ।
गगन थापा सर्लाही ४ मा चुनाव लड्न पुग्दा धेरैले आश्चर्य र रहस्यपूर्ण विषयकारुपमा हेरिरहेको देखिन्छ । सर्लाही ४ यस्तो क्षेत्र हो जहाँ कांग्रेस कहिले हारेको छैन । विगत निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि अमरेश कुमार सिंहले कांग्रेसकै विद्रोही बन्दा समेत कांगे्रस उम्मेदवारसंग करिब १८०० मतको अन्तरले जीतेका थिए । यी दुवैको मत जोड्ने हो भने ४ हजार हाराहारी मत हुने देखिन्छ ।

यति बेला सिंह रास्वपाको घण्टी चिन्ह लिएर मैदानमा छन् भने गगन रुख चिन्ह लिएर मैदानमा छन् । यी दुई बीच प्रतिस्पर्धा हुने नै छ तर सिंगो कांग्रेस पार्टीको सभापति एवं भावी प्रधानमन्त्री गगन थापा तराई मधेशमा पुग्दा आम मतदाता माथी छुट्टै आशा, भरोसा र विश्वास हुने देखिन्छ । सर्लाही ४ यस्तो क्षेत्र हो जसलाई १६५ निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढि कांग्रेसी भएको (कांग्रेस गड) क्षेत्र हो । यसमा दुई मत छैन । तर, चुनाव चुनाव नै हो प्रतिस्पर्धा प्रतिस्पर्धा नै हो । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ पछि बढी चर्चामा भएको क्षेत्र हो सर्लाही–४ । जहाँ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंह, नेकपा एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिश राय यादव चुनाबी प्रतिस्पर्धामा छन् । एमाले र नेकपाका उम्मेदवारको खासै चर्चा र चासो नभए पनि यस क्षेत्रमा मुख्य दाबेदार र प्रतिस्पर्धीका रुपमा थापा र सिंहलाई हेरिएको देखिन्छ ।

नेपाली कांग्रेसजस्तो देशको पुरानो प्रजातान्त्रिक पार्टीका सभापति थापासंग प्रतिस्पर्धा गर्ने क्षेत्र भएकोले पनि सर्लाही–४ अहिले बढी चर्चामा छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलारा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नं. १–४ र १३–१५, विष्णु गाउँपालिकाको वडा नं. १–४ र बासबरिया गाउँपालिकाको वडा नं. १–३ समेटिएको छ । यो क्षेत्रमा कुल एक लाख २१ हजार बढी मतदाता रहेको देखिन्छ । भनिन्छ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह २० हजार १७ अर्थात् कुल खसेको मतको २८.८८ प्रतिशत मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकै नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए भन्दा फरक पर्दैन ।

अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले पनि १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । अन्य मधेशवादी दलले भने ५ हजारको हाराहारीमा मत पाएका थिए । २०७९ को चुनावमा रास्वपाका उम्मेदवार धिरज ठाकुरले भने १७० मत पाएका थिए । १७० मत ल्याएको (रास्वपा)बाट यतिवेला पूर्व कांग्रेसी नेता अमरेशकुमार सिंह सर्लाही ४ बाट चुनाव लडिरहेको देखिन्छ ।
यो क्षेत्र राजनीतिक रूपमा शिक्षित र बुझोका मतदाता रहेको देखिन्छ । लामो समयदेखि राजनीतिक संगठन बनाएर क्रियाशील राजनीतिक दलको अघि दुई स्वतन्त्र उम्मेदवारले कुल खसेको मतको ५० प्रतिशत मत प्राप्त गरेका थिए । २०७९ मा सो क्षेत्रमा कुल ६९ हजार २८३ मत खसेको देखिन्छ ।

अघिल्ला निर्वाचन र ती निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको मतलाई विश्लेषण गर्ने हो भने प्रत्येक निर्वाचनमा कांग्रेसले मत बढाउँदै लगेको देखिन्छ । तर, कांग्रेसले प्रत्येक पटक स्थानीय नेतालाई नै उम्मेदवारका रूपमा उठाएको छ । २०७४ मा कांग्रेसबाट जितिसकेका अमरेश कुमार २०७९ मा स्वतन्त्रबाट उठ्दा र कांग्रेसको आधिकारिक उम्मेदवारसहित तत्कालीन सरकारमा भएको दलले पनि कांग्रेसलाई सहयोग गर्दा कांग्रेस त्यहाँ पराजित हुन पुग्यो । अमरेशले नै बाजी मारे । यसले अमरेश व्यक्तिगत र सांगठनिक रुपमा पनि सर्लाही–४ मा बलियो उम्मेदवारका रूपमा हेरिएको पनि छ । तर, यसपटक गगनको उदयले सर्लाहीले कस्तो निर्णय गर्ने हो त्यो हेर्न बाँकी नै छ ।

कांग्रेसले तीन लाख ७२ हजार ७३४ मत पाएको थियो भने दोस्रोमा रहेको एमालेले तीन लाख २३ हजार ४२ मत पाएको थियो । सर्लाही–४ मा मात्रै पनि कांग्रेस समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याउने पार्टी बनेको थियो ।

सर्लाही–४ नेपाली कांग्रेसको गढका रुपमा चिनिँदै आएको छ । विगतका निर्वाचन हेर्दा मधेशबाट कांग्रेसले धेरै सिट जित्ने गरेको थियो । २०४८ सालको आमनिर्वाचनमा अहिलेको मधेश प्रदेशमा पर्ने आठ जिल्लाका ३७ क्षेत्रमध्ये कांग्रेसले २८ सिट जितेको थियो । कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरले यहाँबाट तीन पटक विजयी हासिल गरेको क्षेत्र हो सर्लाही ४ ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस मधेशमा सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले तीन लाख ७२ हजार ७३४ मत पाएको थियो भने दोस्रोमा रहेको एमालेले तीन लाख २३ हजार ४२ मत पाएको थियो । सर्लाही–४ मा मात्रै पनि कांग्रेस समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याउने पार्टी बनेको थियो । २०७९ को निर्वाचनमा कांग्रेसले १६ हजार २९, जनमतले १२ हजार ५९५, माओवादी केन्द्रले ९ हजार ७९० र एमालेले ९ हजार ४७१ मत पाएको थियो ।

यस्तै, यो निर्वाचन क्षेत्रमा ५१ वटा वडा पर्छन् । त्यसमध्ये कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२, एमालेले १०, लोसपाले ८ र जसपाले २ वटा वडा जितेको थियो । कांग्रेसकै वडाध्यक्षले बढी मत पाएका थिए । मधेशसँगै सर्लाही–४ मा कांग्रेसको क्रेज कै कारण सभापति थापा मधेश पुगेका हुन भन्नेहरुको कमी छैन । आफूले तीन पटक विजयी हासिल गरेको काठमाडौं–४ छोडेर सर्लाही–४ जाने सभापति गगन थापाको निर्णयलाई धेरै पृथक रुपले विश्लेषण गरिरहेका छन् । कतिपयले काठमाडौं–४ उनका लागि चुनौतीपूर्ण बनेको र जित्न कठिन भएकोले सुरक्षित निर्वाचन क्षेत्र रोजेको विश्लेषण गरिरहेका छन् भने कतिपयले उनले आफूलाई परीक्षण गर्न र कांग्रेसको पुरानो गढ फिर्ता गर्न मधेश झरेको तर्क राखिरहेको देखिन्छ । मधेशलाई कांग्रेसले आफ्नो गढमात्रै नभई, सुरक्षित राजनीतिक आश्रयस्थलका रूपमा पनि विगत देखि नै लिँदै आएको देखिन्छ ।

शेरबहादुर देउवा पक्षलाई असन्तुष्ट र रुष्ट बनाएर सभापति थापा अगाडि बढेपछि देउवा समूहको साथ नपाउने अवस्था सिर्जना हुन सक्ने र त्यसको लाभ रास्वपाले पाउन पनि सक्ने विश्लेषकहरुको दावी छ ।
सर्लाही–४ को चुनाव गगन–अमरेशबीचको प्रतिस्पर्धा मात्र नभई यो नेपाली राजनीति, नेपाली कांग्रेस र रास्वपाको लडाइँ र टकराव पनि हो ।

भनिन्छ मधेशलाई कांग्रेसको गढ भनिए पनि विशेष महाधिवेशनताका देखिएको विमतिले विगतको जस्तो एकता हुन नसक्ने टिप्पणी पनि कतिपयको देखिन्छ । शेरबहादुर देउवा पक्षलाई असन्तुष्ट र रुष्ट बनाएर सभापति थापा अगाडि बढेपछि देउवा समूहको साथ नपाउने अवस्था सिर्जना हुन सक्ने र त्यसको लाभ रास्वपाले पाउन पनि सक्ने विश्लेषकहरुको दावी छ ।
सर्लाही–४ को चुनाव गगन–अमरेशबीचको प्रतिस्पर्धा मात्र नभई यो नेपाली राजनीति, नेपाली कांग्रेस र रास्वपाको लडाइँ र टकराव पनि हो । भन्नेहरुको पनि कमी छैन । गगन नेपाली राजनीतिमा स्थापित नेता मात्रै होइनन् । नेपाली कांगे्रसका सभापति पनि हुन् । सर्लाही–४ नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना एजेण्डा राष्ट्रिय रूपमा पुर्याएर समस्या समाधान गर्नका लागि थापा एक अब्बल नेतृत्व हुन् । उनले मधेशको सवालमा संसदमा बलियो रूपमा उठाउने मात्रै होइन मधेशका मुद्दालाई सम्बोधन पनि गर्ने छन् ।

गगनले चाहेमा सर्लाही–४ मा कांग्रेसको संगठन, प्रचारप्रसार संयन्त्र र राष्ट्रिय नेटवर्कको लाभ लिन सक्छन् । उनले चुनावी प्रचारप्रसारमा प्रयोग गर्ने अर्को महत्त्वपूर्ण एजेण्डा र विषय कांग्रेस–मधेश सम्बन्ध हो । उनले ऐतिहासिक पृष्ठभूमिलाई जोड्दै मतदातालाई आकर्षित गर्न पक्का पक्की देखिन्छ ।

युवा पुस्ताका लागि गगन एक प्रेरणा पनि हुन् । जसको प्रमाणित उनले कांग्रेसको विशेष महाधिवेशनको आयोजनाबाटै देखाइसकेका छन् । नेपाली कांग्रेसको सभापति भएकोले कांग्रेसले सभापति थापालाई जिताउन सर्लाही–४ मा भए भरको शक्ति प्रयोग गर्न सक्छ । गगनले चाहेमा सर्लाही–४ मा कांग्रेसको संगठन, प्रचारप्रसार संयन्त्र र राष्ट्रिय नेटवर्कको लाभ लिन सक्छन् । उनले चुनावी प्रचारप्रसारमा प्रयोग गर्ने अर्को महत्त्वपूर्ण एजेण्डा र विषय कांग्रेस–मधेश सम्बन्ध हो । उनले ऐतिहासिक पृष्ठभूमिलाई जोड्दै मतदातालाई आकर्षित गर्न पक्का पक्की देखिन्छ । यो सँगै उनलाई मधेशवासी र विपक्षीहरुले टुरिष्ट उम्मेद्वारको ट्याग भने लगाउन सक्ने सम्भावना छ । तेह्रथुममा भएको उपनिर्वाचनमा गगनले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै टुरिष्ट उम्मेदवारलाई जिताउन नहुने टिप्पणी गरेका थिए । उनले जित्नको लागि सोही ठाउँको हावापानी खानुपर्ने तर्क राखेका थिए । उनको त्यो भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको पनि देखिन्छ । हेक्का होस् ।

मधेशसँगै सर्लाही–४ मा रास्वपाको बलियो संगठन छैन । उनको व्यक्तिगत सम्बन्धले मात्रै उनलाई जित्नका लागि पर्याप्त हुन सक्दैन । सिंगो पाटी कांग्रेसका सभापति गगन थापासंगको प्रतिस्पर्धाी सिंहका लागि फलामको चिउरा बन्ने पक्का पक्की जस्तै देखिन्छ ।

तर, सिंहले जितेर पनि राष्ट्रिय राजनीति र नीति निर्माणमा ठूलो प्रभाव पार्न नसक्ने अनुमान र मूल्यांकन मतदाताले गर्न सकेमा सिंहलाई ठूलो चुनौती हुन सक्छ । उनको अर्को कमजोर पक्ष भनेको कमजोर संगठनात्मक आधार हो । मधेशसँगै सर्लाही–४ मा रास्वपाको बलियो संगठन छैन । उनको व्यक्तिगत सम्बन्धले मात्रै उनलाई जित्नका लागि पर्याप्त हुन सक्दैन । सिंगो पाटी कांग्रेसका सभापति गगन थापासंगको प्रतिस्पर्धाी सिंहका लागि फलामको चिउरा बन्ने पक्का पक्की जस्तै देखिन्छ । यद्यपि, यो सबै मूल्यांकन भने सर्लाही–४का मतदाताले गर्नेछन् । उनीहरूलाई राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता चाहिएको हो वा स्थानीय समस्या बुझ्न सक्ने त्यो भने हेर्न त बाँकी नै छ । तर पनि प्रधानमन्त्रीको उम्मेदवार एवं कांगेसका सभापति गगन थापा अनि कांग्रेसको रस पटक पटक चुसेर पोइला गएका सिंहको प्रतिस्पर्धा कस्तो हुने हो त्यो समयले नै बताउते छ । सचेत भया ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
सर्लाही ४ गगन कि सिंह ?