जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • पाँच अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको सूर्या लाइफको खुद नाफा १३ करोड ४५ लाख

पाँच अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको सूर्या लाइफको खुद नाफा १३ करोड ४५ लाख

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १३ करोड ४५ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ३२ दशमलव ७४ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. २० करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको खर्च बढ्दा नाफामा असर परेको हो । जम्मा आम्दानी अघिल्लो वर्षभन्दा करिब २० प्रतिशत बढी रू. ३६ करोड ३८ लाख भएको कम्पनीको जम्मा खर्च भने अघिल्लो वर्षभन्दा १२१ दशमलव ४९ प्रतिशत बढी रू. २२ करोड ९३ लाखभन्दा बढी भएको हो ।

कम्पनीको हाल चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार रहेको छ । बीमा समितिको निर्देशन बमोजिम पूँजी बृद्धिका लागि कम्पनी ज्योति लाइफ इन्स्योरेन्ससँगै मर्जरमा जाने प्रकृयामा रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ६६ करोड ५६ लाखभन्दा बढी र जीवन बीमा कोष रकम रू. १४ अर्ब ९ करोडभन्दा बढी रहेको छ ।

गत चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा १९ दशमलव ३८ प्रतिशत बढी रू. ५ अर्ब ५ करोड ३९ लाख कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले अघिल्लो वर्षभन्दा ३८ दशमलव १८ प्रतिशत बढी रू. १ अर्ब २३ करोड ९५ लाख कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ५ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १२३ दशमलव ३७ रहेको छ ।

4950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका