जोडिनुहोस
शुक्रबार, माघ २४, २०८२
शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • नेपाल एसबिआई बैंक र जीआईजेट नेपालबीच हरित यातायात प्रवर्द्धनका लागि सम्झौता

नेपाल एसबिआई बैंक र जीआईजेट नेपालबीच हरित यातायात प्रवर्द्धनका लागि सम्झौता

नेपाल एसबिआई बैंक लिमिटेड र जीआईजेट नेपालबीच दिगो विद्युतीय यातायात प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल’ (एसईटी–४ एनपीएल) परियोजनासँग सहकार्य गर्दै हरित यातायात विस्तारमा योगदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो ।

एसईटी–४ एनपीएल परियोजना माइग्रेसन एक्सन फ्यासिलिटीको आर्थिक सहयोग, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युसनको सहकार्यमा जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेट)द्वारा सञ्चालित कार्यक्रम हो ।

उक्त परियोजनाले नेपालको सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्दै सार्वजनिक यातायात सञ्चालक तथा लगानीकर्ताहरूलाई विभिन्न वित्तीय तथा गैरवित्तीय प्रोत्साहन प्रदान गर्दै आएको छ । परियोजनाअन्तर्गत करिब ३ हजार ५०० विद्युतीय माइक्रोबस तथा मिनिबस खरिद तथा सञ्चालनका लागि प्रोत्साहन प्याकेज उपलब्ध गराइनेछ ।

यसैगरी, विद्युतीय सवारीसाधनमा जीपीएस, ई–टिकटिङ उपकरण तथा नेटवर्किङ प्रणाली जडान गरी केन्द्रीय वेब पोर्टलमार्फत सबै सवारीसाधनलाई एकीकृत गरिने व्यवस्था रहेको छ । यसले सार्वजनिक यातायातलाई दिगो, सुरक्षित तथा प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।

नेपाल एसबिआई बैंकले परियोजनामा वित्तीय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै नेपालको हरित पहलमा जिम्मेवार साझेदार बन्ने उद्देश्य लिएको जनाएको छ ।


समझदारी पत्रमा बैंकका प्रमुख कर्जा अधिकृत रोशन कोइराला र परियोजनाका तर्फबाट जीआईजेट नेपालका मुख्य सल्लाहकार डा. मेघा कनोजिया बीच हस्ताक्षर आदान–प्रदान भएको हो ।

नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका