
एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित गरेको हो ।
पूर्व सचिव समेत रहेका वाग्लेले आज नियामक नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । सो शपथ ग्रहण समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी र कम्पनीका सिईओ सुनिल बल्लभ पन्तको पनि उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































