जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रभु बैंकले घोषणा गर्यो बोनस शेयर

प्रभु बैंकले घोषणा गर्यो बोनस शेयर

प्रभु बैंकले शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनस लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित बोनस वितरणपछि  बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैंया पुग्नेछ ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ६ हजार ६३५ रुपैंयाको १० प्रतिशतले हुने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत पछिको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

4420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका