जोडिनुहोस
बिहिबार, फाल्गुन ७, २०८२
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • अधिकाँस उमेदवारले बैंक खाता पनि खोलेनन् !

अधिकाँस उमेदवारले बैंक खाता पनि खोलेनन् !

त्यसो त प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले बैंकमा अलग खाता खोलेर रकम उठाएको सबै हिसाव पारदर्शी देखाउनु जरुरी छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैंकिङ्ग खाता अनिवार्य गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन आयोगले खर्च आम्दानीको सबै हिसावकिताव बैंक मार्फत राख्न भनेको छ । तर बैंक एकाउन्ट खोलेर रकमको हिसाव देखाउने कुरा त परै जाओस कैयौं उमेदवारले बैंक खाता समेत खेलेका छैनन् । उमेदवारीको खर्च छुट्टै बैंक खाता मार्फत हुनुपर्ने व्यबस्थालाई लत्याएर उमेद्वारहरुले बैंकमा खाता नै खेलेका छैनन् । हाल सम्मको रेकर्ड हेर्ने हो भने २० प्रतिशत हााराहारी उमेदवारले मात्रै यस्तो बैंक खाता खोलेका छन् । चितवनको अध्ययन अनुसार जिल्लका ६४ जना मध्ये १९ जनाले बैंक खाता कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएको देखिन्छ । जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये अरुले बैंकिङ्ग कारोबारका लागि अनुमति समेत लिएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार १८ जना उम्मेदवारले मात्रै बैंक खाता सिफारिस लिएका छन् ।

पारदर्शीका लागि कडाई
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई अपारदर्शी ढंगले आर्थिक सहयोग तथा चन्दा लिन-दिन नहुने स्पष्ट सन्देश दिएको छ। आयोगले उद्योगी र व्यवसायीहरूलाई बहादुरभवनस्थित कार्यालयमा बोलाएर सकेसम्म सबै आर्थिक लेनदेन बैंकिङ प्रणालीमार्फत गर्न र २५ हजार रुपैयाँभन्दा कम सहयोग भए पनि अनिवार्य रूपमा रसिद जारी गर्न अनुरोध गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आर्थिक सहयोग र चन्दालाई पूर्ण रूपमा पारदर्शी बनाउने उद्देश्य राखिएको भन्दै “दलका प्रतिनिधि वा उम्मेदवारहरूले नगद सहयोगको प्रस्ताव गर्न सक्छन्, तर उद्योगी-व्यवसायीहरूले बैंक खातामार्फत हुने सहयोगलाई नै प्राथमिकता दिनुपर्छ। पारदर्शी आर्थिक कारोबारले नै सुधारको आधार तयार पार्छ भन्नेमा आयोगले ज्यादा जोड दिएको हो।” भनेका छन् ।

हालै आयोगले राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने व्यवस्था सहित कार्यविधि लागू गरेको छ। सो कार्यविधिअनुसार उम्मेदवारहरूले बैंक खाताबाहिर नगद कारोबार गर्न पाउने छैनन्। आयोगले दल वा उम्मेदवारलाई आर्थिक सहयोग गर्दा आफू आबद्ध कम्पनी वा फर्मको नाममा नभई व्यक्तिगत (निजी) बैंक खाताबाट रकम उपलब्ध गराउन अनुरोध गरेको छ। कम्पनीमार्फत दिइने सहयोग फरक शीर्षकमा देखिने र पछि लेखापरीक्षणका क्रममा अन्य प्रयोजनमा देखिने सम्भावना रहेकाले निजी खाताबाट सहयोग गर्न आग्रह गरिएको आयोगको भनाइ छ।

एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने व्यक्ति वा संस्थाको विस्तृत विवरण उम्मेदवारले अभिलेखमा राख्नुपर्नेछ। ती विवरणहरू कानुनले तोकेको अवस्थामा बाहेक गोप्य राखिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

निर्वाचन सम्पन्न भएको ३५ दिनपछि उम्मेदवारका बैंक खाता बन्द गर्नुपर्नेछ भने बैंकहरूले खाता विवरण कम्तीमा ६ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ। उम्मेदवारी रद्द भएका उम्मेदवारको खाता निर्वाचन आयोगले तत्काल बन्द गराउने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ।

उम्मेदवारहरूको आम्दानी तथा खर्चको अनुगमनका लागि निर्वाचन आयोगले हरेक जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकेको छ। उनीहरूले उम्मेदवारका बैंक खाता, खर्च विवरण तथा निर्वाचन खर्चको निगरानी गर्नेछन्।

आयोगले उम्मेदवारका समर्थक वा शुभेच्छुकले गर्ने खर्चलाई समेत उम्मेदवारकै खर्च मानिने व्यवस्था गरेको छ। साथै, सामाजिक सञ्जालमा गरिने विज्ञापन तथा प्रचार-प्रसार खर्चको पनि अनुगमन सुरु गरिएको छ। कतिपय देशमा निजी कम्पनीले राजनीतिक दललाई दिएको चन्दामा कर छुटको व्यवस्था भए पनि नेपालमा त्यस्तो प्रावधान नहुँदा निजी खाताबाटै सहयोग दिनु उपयुक्त हुने आयोगले जनाएको छ। प्रचलित कानुनविपरीत आर्थिक सहयोग दिएको वा लिएको पाइएमा निर्वाचन कसुरअन्तर्गत कारबाही गर्नुका साथै सम्बन्धित निकायमार्फत थप अनुसन्धान अघि बढाइने चेतावनी निर्वाचन आयोगले दिएको छ।

बैंक खाता मार्फत सहयोग गर्नुपर्ने
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्न नयाँ कार्यविधि जारी गरेको छ। सो कार्यविधिअनुसार निर्वाचनका बेला राजनीतिक दल र उम्मेदवारले प्राप्त गर्ने चन्दा तथा आर्थिक सहयोग अनिवार्य रूपमा बैंक खातामार्फत मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ। कार्यविधि अनुसार नगद वा चेक जुनसुकै माध्यमबाट रकम प्राप्त भए पनि सो रकम पहिला बैंक खातामा जम्मा गरेर मात्र खर्च गर्न पाइनेछ। कार्यविधिको दफा ६ को २ मा २५ हजार रुपैयाँ वा सोभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्ने उम्मेदवारले रकम सिधै बैंक खातामार्फत लिनुपर्ने व्यवस्था गरिएको छ। नयाँ कार्यविधिमा २५ हजार रुपैयाँभन्दा कम रकम पनि बैंक खातामै राखेर प्रयोग गर्नुपर्ने व्यवस्था समेटिएको छ। अभिलेखका रूपमा राख्नुपर्ने प्रावधान कार्यविधिमा उल्लेख छ।निर्वाचन आयोगले सरकार वा सरकारी बजेट परिचालन हुने निकायबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नपाइने स्पष्ट पारेको छ। पब्लिक कम्पनीहरूबाट पनि चन्दा वा सहयोग लिन निषेध गरिएको छ। विदेशी सरकार, संस्था वा व्यक्तिबाट आर्थिक सहयोग लिन नपाइने व्यवस्था गरिएको छ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?