जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल ल्युब आयलको एजीएमबाट ३०% लाभांश अनुमोदन

नेपाल ल्युब आयलको एजीएमबाट ३०% लाभांश अनुमोदन

नेपाल ल्युब आयल लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुका साथै उच्च लाभांश पारित गरेको छ। कम्पनीद्वारा यस साधारणसभामार्फत सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको सेयरधनीहरुले खुला प्रशंसा गरेका छन्।

सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति थियो। कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी उपस्थित थियो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘नेपाल ल्युब आयलले अघिल्लो वर्षजस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ। व्यवस्थापन र अन्य टोली सदस्यहरु यस कम्पनीको विकासका लागि राम्रोसँग प्रतिबद्ध छन्। सेयरधनीहरुले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्ने छैनौँ।’

बैठकपछि कम्पनीको कार्यसम्पादनबाट सेयरधनीहरु निकै उत्साहित देखिन्थे। कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य सेयरधनीले आ–आफ्नो उत्साह व्यक्त गर्र्दैै भने, ‘नेपाल ल्युब आयल अन्य लिमिटेड कम्पनीहरुका लागि रोल मोडल हो, कम्पनीले सेयरधनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्दै आएको छ, यस कम्पनीसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गर्दछु।’

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीवितरण् समेत गर्दछ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो र यसको ब्रान्डिङ साझेदारीमा म्याकल्यारेन रेसिङ कार र चेन्नई सुपर किङजस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ। त्यस्तै गल्फ लुब्रिकेन्टस् नेपालको समेत मुख्य रुपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगट्न सफल ब्रान्डका रुपमा चिनिन्छ। गल्फ ब्रान्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाइल र मेसिनरीहरुलाई समेट्न सक्ने गरी व्यापक क्षेत्रमा फैलन सफल रहेको छ।

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका