जोडिनुहोस
बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • मतदान सहज बनाउन बैंकिङ सेवा सञ्चालनमा

मतदान सहज बनाउन बैंकिङ सेवा सञ्चालनमा

फागुन २१, २०८२ (मार्च ५, २०२६) मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। मतदानका दिन धेरै कार्यालयहरू बन्द हुने अवस्थासँगै बैंकिङ सेवाका सम्बन्धमा पनि व्यापक जिज्ञासा बढेको छ। नेपाल राष्ट्र बैंक र निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थालाई निर्वाचनका दिन पनि सेवा दिनका लागि केही शाखाहरू खुला राख्न निर्देशन दिइएको हो।

यसअन्तर्गत बैंकहरूलाई आवश्यक वित्तीय सेवा प्रदान गर्न, आयकर र राजस्व जम्मा/तिर्न र निर्वाचन सम्बन्धी बैंक खाताहरूका लागि नगद तथा चेक जम्मा/निकाश गर्ने सेवाहरू सञ्चालन गर्न व्यवस्था मिलाउन भनिएको छ। सरकारले दिएको सार्वजनिक बिदा अनुसार बिभिन्न बैंकहरू औपचारिक रूपमा बन्द हुने भए पनि, चुनावसम्बन्धी आवश्यक सेवाको लागि केही शाखाहरू विशेष रूपमा खुला रहनेछन्। ग्राहकहरूले नजिकैको कार्यालयमा फोन गरेर सेवा उपलब्धता बारे पहिलेनै जानकारी लिन सुझाव दिइएको हो।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई व्यवस्थित र सहज बनाउन बैंक तथा वित्तीय संस्थाका सम्बन्धित शाखाहरू नियमित रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका