जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु क्यापिटल र क्रिमसन हस्पिटल बीच छूट सम्झौता

प्रभु क्यापिटल र क्रिमसन हस्पिटल बीच छूट सम्झौता

प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकको लागि दुई वर्षका लागि विशेष छूट सम्झौता गरेको छ ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कम्पनीका हितग्राही खातावालाहरुले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिंदा सबै प्रकारको सेवामा १५ प्रतिशत छूट पाउने छन् ।

कम्पनीका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत् छूट पाउने छन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ ।

उक्त हस्पिटलले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता थप सुविधाहरू दिंदै आएको छ ।

845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका