जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नयाँ टाटा सफारीको बिक्री सुरु, ज्यागुअर ल्याण्ड रोभरको प्रविधि

नयाँ टाटा सफारीको बिक्री सुरु, ज्यागुअर ल्याण्ड रोभरको प्रविधि

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा सफारीको नयाँ संस्करण ‘न्यू टाटा सफारी’ सार्वजनिक गरेको छ। यो गाडीको सुरुवाती मूल्य ८२ लाख रुपैयाँ छ भने अधिकतम मूल्य ९६ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीले नेपाली बजारमा एक्स जेड प्लस र एक्स जेड ए प्लस लगायत दुई मोडलको नयाँ सफारीको विक्री गर्नेछ।

प्रमुख प्रिमियम सेग्मेन्ट अन्तर्गतको नयाँ सफारी ओमेगा आर्किटेक्चरमा तयार पारिएको कम्पनीले जनाएको छ। यो गाडीमा जेएलआर(ज्यागर ल्याण्डरोभर) प्रविधि प्रयोग गरिएको यो गाडीमा आकर्षक डिजाइन र सर्वोत्कृष्ट विशेषता जडान गरिएको कम्पनीले जनाएको छ।

‘हामी नेपाली बजारमा प्रिमियम फ्लागसीप एसयुभी नयाँ सफारी विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित छौँ। उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा ‘फरेभर रेन्ज’का गाडीहरुको तीन आधार स्तम्भहरु हुन्।यी स्तम्भहरु हाम्रो दृढ प्रतिवद्धताको उपज हो,’ टाटा मोटर्स प्यासेन्जर भेहिकल इन्टरनेश्नल विजनेश प्रमुख मायांक बाल्डीले भने।

छ महिना अगाडि भारतीय बजारमा सार्वजनिक भएको यो गाडी हाल सम्म १० हजार थान भन्दा बढी विक्री भइसकेको उनले जानकारी दिए।

मुलुकमा नयाँ सफारी आएसँगै सिप्रदी र टाटा मोटर्सको व्यापारिक साझेदारीमा अर्को कोशेढुंगा कायम भएको सिप्रदीका प्रमुख संचालन अधिकृत (सिओओ) राजेशप्रसाद गिरीले बताए। ग्राहकको बदलिँदो आक्क्षा र जीवनशैलीसँग जोडिएको नयाँ सफारीले नेपाली बजारमा एसयुभी प्रयोगलाई थप विस्तार गर्ने उनले जानकारी दिए।

‘यो वर्ष चाडपर्व पूर्व नयाँ सफारी जस्तो उच्चतम विशेषता भएको ‘आइकोनिक’ ब्राण्ड नेपाली ग्राहक सामु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ,’ गिरीले भने।

नेपाली बजारमा न्यू सफारी सार्वजनिक भएसँगै एसयुभी बजारमा टाटा ब्राण्डको छविलाई नयाँ उचाईमा पुर्‍याउने आशा लिएको कम्पनीका प्यासेन्जर भेहिकल विजनेश युनिट प्रमुख सावन्तजंग सिजापतिले बताए।

ग्राहकको आरामदायी, सुरक्षlत यात्रा र उत्कृष्ट क्षमतालाई मध्यनजर गर्दै नयाँ सफारीको आविष्कार गरिएको नेपालका लागि टाटा मोटर्सका कन्ट्री हेड अजित नारायण सिंहले बताए। डिजाइन, प्लेजर, सेफ्टी, कम्फर्ट, इन्फोटेन्मेन्ट सिस्टम लगायत सुविधालाई प्राथमिकता दिइएको उनले बताए।

गाडीमा छ वटा एयरब्याग, अल व्हिल डिस्क ब्रेक लगायत विशेषता जडान गरिएको सिंहले बताए। यो गाडी मुलुकको जुनसुकै भौगोलिक क्षेत्रमा पनि सहजै प्रयोग गर्न सकिने उनले जानकारी दिए।

कम्पनीका अनुसार यो गाडीमा ५० लिटरको फ्युल ट्यांक जडान गरिएको छ।

२७ सय ४१ मिलिमिटर (एमएम) चौढा व्हिल बेस, प्यानोरोमिक सन रुफ, यास वुड ड्यासबोर्ड सहित भित्री भागमा सेतो रङयुक्त ओइस्टर समावेश गरिएको गाडीमा ८.८ इन्चको फ्लोटिङ आइजल्याण्ड इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ।

कम्पनीका अनुसार यो गाडी ओएमजीएआरसी (अप्टिमल मोडुलर एफिसीयन्ट ग्लोबल एडभान्स आर्किटेक्चर)  अन्तर्गत इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेजमा आधारित रहेको छ  भने ल्याण्डरोभरको प्रख्यात डी ८ प्ल्याटफर्मको अवधारणामा बनाइएको छ।

छ र सात सिट क्षमतामा बनाइएको यो गाडीमा इलेक्ट्रोनिक इस्टेविलिटी प्रोग्राम (इएसपी) र बोस मोड विशेषता जडान गरिएको कम्पनीले जनाएको छ।

निलो, सेतो र खरानी लगायत तीन रङमा उपलब्ध यो गाडी नौवटा मोडलमा निकालिएको कम्पनीले जनाएको छ। गत वर्ष देखि विक्री सुरु भएको यो गाडीले भारतीय बजारमा १८ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ। सिंहका अनुसार यो गाडी भारतमा मासिक दुई हजार थान विक्री हुँदै आएको छ।

5215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका