
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त भएको छ । डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त भएको हो । आइतबार कार्यकाल सकिएका दुवैजनाले २०७७ फागुन ५ गते डेपुटी गभर्नरको शपथ लिएका थिए ।
हाल दुवैजनाको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा अवको डेपुटी गभर्नर को ? भन्ने चर्चा सुरु भएको छ । राष्ट्र बैंक ऐन अनुसार राष्ट्र बैंकको डेपुटी गभर्नर कार्यकारी निर्देशकमध्येबाटै गभर्नरको सिफारिसमा नियुक्ति गर्नुपर्छ ।
यो व्यवस्था अनुसार गभर्नर विश्व पौडेलले राष्ट्र बैंकमा रहेका १८ जना कार्यकारी निर्देशकमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा डेपुटी गभर्नरका लागि नाम सिफारिस गर्नुपर्नेछ ।
हाल राष्ट्र बैंकमा नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमिल्सिना, चेतप्रसाद उप्रेती, रोशन कुमार सिग्देल, रामशरण खरेल, डिल्लीराम पोखरेल, दीर्घ बहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दिपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशक छन् ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

































































