जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यपारीको माग

मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यपारीको माग

नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ । नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । जीर्ण अवस्थामा रहेको सो पुलको अहिले मर्मतकार्य शुरुआत भएकाले नेपाल आउने सामान रोकिएपछि यहाँका उद्योगी र व्यापारी समस्यामा परेका छन् ।

विराटनगर रानी भन्सारदेखि करीब पाँच किमी दक्षिण भारतको विहारमा रहेको सो पुलबाट पूर्व क्षेत्रका उद्योगी र व्यापारीले मालसामान ढुवानी गर्ने गरेका छन् । पुलको बारेमा मोरङ व्यापार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पुलको मर्मतसम्भार नहुञ्जेलसम्म भीमनगरको बाटो प्रयोग गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले लामो समयदेखि यो पुल बन्नुपर्ने हाम्रो समस्याका बारेमा परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई पनि जानकारी गराइसकेको बताउनुभयो । यहाँका उद्योग र व्यापार ठप्प हुने अवस्थामा पुगेको छ, यसमा सरकारले छिट्टै पहल गर्नुपर्ने उहाँले आग्रह समेत गर्नुभयो ।

भारतका विभिन्न स्थान तथा तेस्रो मुलुकबाट यस क्षेत्रका लागि आउने मालसामान अन्यत्रबाट मगाउँदा महङ्गो हुने र उपभोक्तालाई आर्थिकभार पर्ने भएकाले यसमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे पत्रकार सम्मेलनमा बताउनुभयो । मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजुले मीरगञ्ज पुल यस क्षेत्रको उद्योग र व्यापारीका लागि मात्र नभएर आम नागरिक तथा उपभोक्ताका लागि पनि आवश्यक छ भन्नुभयो ।

उहाँले भारत सरकारले ठुल्ठूला सडक, पुल बनाउन सक्ने र मीरगञ्ज नदीमा पुल बनाउन नसक्ने भने होइन तर यसका लागि भारत सरकारले किन ढिलाइ गरेको हो बुझ्न नसकेको टिप्पणी गर्नुभयो ।

11810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका