
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ सिट निर्धारणको गृहकार्य सुरु गरेको छ।
मतगणना सकिएसँगै आयोगले राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य थालेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
समानुपातिक निर्वाचनतर्फ १ करोड ७ लाख ६४ हजार ८८९ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै ४७.८० प्रतिशत अर्थात ५१ लाख ४५ हजार ६८१ भोट पाएको छ। रास्वपाले प्रत्यक्षतर्फ पनि १६५ सिटमध्ये १२५ सिट जितेको थियो।
नेपाली कांग्रेसले १६.२९ प्रतिशत अर्थात १७ लाख ५४ हजार ५२, नेकपा (एमाले)ले १३.४८ प्रतिशत अर्थात १४ लाख ५१ हजार ७५९ मत पाएका छन्।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले ७.५१ प्रतिशत अर्थात ८ लाख ८ हजार ५८२, श्रम संस्कृति पार्टीले ३.५८ प्रतिशत अर्थात ३ लाख ८५ हजार ६७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.०६ प्रतिशत अर्थात ३ लाख ३० हजार ५९ मत पाएका छन्।
समानुपातिक निर्वाचनतर्फ भाग लिएका बाँकी ५१ दल ३ प्रतिशतको थ्रेसहाल्ड कटाउन असफल भएका छन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



































































