जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ निष्काशन मिति परिवर्तन

ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ निष्काशन मिति परिवर्तन

ज्योति लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन मिति परिवर्तन गरेको छ । कम्पनीले यस अघि फागुन २३ गते आइतबारदेखि आईपिओ निष्काशन गर्ने तयारी गरेकोमा अब फागुन २१ गते शुक्रबारदेखि नै शेयर निष्काशन गर्ने भएको हो ।

आईतबारदेखि शेयर निष्काशन गर्दा सिडीएसको प्रणालीमा लोड भई ईडिआईएस गर्न समस्या हुने देखिएपछि मिति परिवर्तन भएको हो । यस अघिका आईपिओ पनि शुक्रबार नै बिक्रि खुला भएका थिए । सिडीएसले पछिल्लो समय आईपिओ बिक्रि खुला शुक्रबारदेखि गर्ने र बाँडफाँड पनि शुक्रबार नै गर्ने अभ्यास थालेको छ ।

ज्योति लाइफले एक सय अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। जस मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र   ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन्। फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ ।

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका