जोडिनुहोस
बुधबार, असार १७, २०८३
बुधबार, असार १७, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट जलविद्युतमा १९ अर्ब सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट जलविद्युतमा १९ अर्ब सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरूबीच सो वित्तीय व्यवस्थापन सम्झौता भएको हो। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने यस आयोजनाको कूल अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ, जसमा बैंकहरूले ७५ प्रतिशत (करिब १९ अर्ब रुपैयाँ) लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट व्यवस्थापन गरिनेछ।

कन्सोर्टियममा अगुवा बैंक ग्लोबल आइएमईले ५ अर्ब, सिद्धार्थ र लक्ष्मी सनराइज बैंकले ४/४ अर्ब, प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ। यो आयोजना निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजनाले निर्धारित समयमै सम्पन्न भई राज्यको ऊर्जा क्षमता बढाउने र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। मुलुककै पहिलो निजी वाणिज्य बैंकका रूपमा ७७ वटै जिल्लामा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत विभिन्न बैंकिङ अवार्डहरू प्राप्त गरिसकेको छ।

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका