जोडिनुहोस
मङ्लबार, जेष्ठ २६, २०८३
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • प्रभु बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

प्रभु बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालका विभिन्न सेवा सुविधामा छुट पाउने भएका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट/क्रेडिट कार्डबाहकहरूले १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । भर्ना भएका बिरामीका हकमा औषधि र उपभोग्य सामग्रीबाहेकका सेवामा छुट लाग्नेछ भने ओपीडीमार्फत उपचार गराउने बिरामीहरूले औषधि र परामर्श शुल्कबाहेक अन्य सेवामा सोही दरको छुट पाउने व्यवस्था गरिएको छ ।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंक लिमिटेडका चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्टले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । यो सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म कायम रहनेछ ।

प्रभु बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?